१० माघ, काठमाण्डौं । स्वैच्छिक अवकाश लिएका लडाकुले सरह आर्थिक प्याकेज
माग्दै आन्दोलन गरेका माओवादीको बहिर्गमित लडाकुका कमान्डरसहित तीन जना
मोटो रकम लिएर फरार भएका छन् ।
सरकारले आन्दोलनमा लागेका अढाईसय भन्दा बढीलाई बाँड्ने गरी सोमबार १५ लाख
रुपैयाँ दिएको थियो । शान्ति तथा पुननिर्माण मन्त्रालयले दिएको उक्त रकम
लिएर लडाकू आन्दोलनका अगुवा लेलिन विष्टसहित तीन जना हराएको कान्तिपुर
दैनिकमा खबर छ ।
सम्पर्कबिहीन भएका विष्ट, थर नखुलेका भीम र अर्का एक छन् । विष्टले
मन्त्रालयबाट चेक पाएपछि तुरुन्तै साटेका थिए । बेलुका उक्त रकममध्ये
चारलाख २५ हजार रुपैयाँ बोेकेर विष्ट सिँचाइमन्त्री महेन्द्रप्रसाद
यादवका ज्वाई मनोज अधिकारीलाई लिएर पुल्चोकस्थित मन्त्री क्वाटर पुगेको
स्रोतले जनाएको छ ।
लेलिन बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष थिए ।उनले उक्त रकम १५
लाख रुपैयाँबाट एक एक लाख लडाकूका सातवटै शिविरबाट बहिर्गमन भएका
लडाकुलाई बाँड्न दिने सहमति भएको थियो ।
No comments:
Post a Comment