Friday, January 25, 2013

हरेक मिनेट काम खोज्दै एक युवा विदेश

१२ माघ, काठमाण्डौं । पुस महिनामा प्रत्येक मिनेटको अन्तरमा एक नेपाली
काम खोज्दै बिदेसिएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा यो अहिलेसम्मकै
उच्च तथ्यांक हो । वैदेशिक रोजगार विभागका अनुसार पुसमा दैनिक १४ सय १०
युवा मलेसिया, खाडीलगायतका मुलुक पुगेका छन् ।
यो संख्या पहिलो पटक विदेश जानेको संख्या हो ।एक पटक र्गर फेरि र्फकनेको
संख्या समेत जोड्दा दैनिक २ हजार युवा रोजगारीका लागि विदेश उडेको खबर
कारोबार दैनिकले छापेको छ । पुनः श्रमस्वीकृति र्लिर पुसमा १७ हजार ८७
युवा बिदेसिएका छन् । असोजमा दैनिक १२ सय ६६ युवा बिदेसिएको तथ्यांक छ ।
राजनीतिक अन्योल र लगानीमैत्री वातावरण अभावले रोजगारी सिर्जना नहुँदा
बिदेसिनेको संख्या बढेको विभागले जनाएको छ । 'पुसमामात्र ४० हजार ८ सय ६४
युवा विदेश गए' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने,
'मलेसियामा धेरै कारणले कामदार माग बढेको छ, त्यसको प्रभाव पनि हो ।'

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete