Sunday, December 30, 2012

प्रधानमन्त्रीलाई बाँदरको मासु खुवाउने इच्छा

१५ पुस, सल्यान । जंगलमा बस्दै आएका राउटे समुदायले प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई आफ्नो बस्तीमा बोलाएर बाँदरको मासु खुवाउने इच्छा
व्यक्त गरेका छन् । राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा आएर एकरात
विताईदिन पनि निम्तो गरे ।
'हाम्रो बस्तीमा प्रधानमन्त्री आए भने हामी राउटले जे खान्छौं, त्यही
खाना खुवाउँछौं', केही महिना यता सल्यानको कजेरी ८ स्थित जंगलमा बस्दै
आएका राउटेका मुखिया मैनबहादुरशाहीले भने, -'उनले मासु खाने रहेछन भने
बाँदरको मासु खुवाउँछौ ।'
केहीदिन अघि दाङमा आयोजित एक कार्यक्रममा पुगेका राउटेले
प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा आउन निम्तो दिए पनि अहिलेसम्म केही खबर
नआएको मैनबहादुरले सुनाए । उनले भने 'एक दिन भए पनि सँगै बसेर हाम्रा
दुःख प्रधानमन्त्रीलाई देखाउने रहर छ ।' प्रधानमन्त्री आउने खबर पाए
गाउँबाट सामग्रीमागेर ल्याई स्वागत गर्ने उनको भनाई उदृत गदै अन्नपूर्ण
पोष्ट दैनिकले खबर छापेको छ ।
भियतनामका अध्यात्मगुरु चिङ हाईले पठाइदिएका सहायता सामग्री बुझ्न शनिबार
सदरमुकाम खलंगा आइपुगेका राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा बास
बसाउने इच्छा व्यक्त गरेका हुन् ।

No comments:

Post a Comment