Wednesday, December 12, 2012

विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द

२७ मंसिर, सोलुखुम्बु । सोलुखुम्बुको जनजागृति प्राथमिक विद्यालय, सोताङ-
६ रोकका अधिकांश विद्यार्थी विरामी भएपछि विद्यालय नै बन्द गरिएको छ ।
विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने र आँखा पाक्ने
समस्या देखिएपछि उनीहरु विद्यालय आउन नसकेर विद्यालय नै बन्द गरिएको
प्रधानाध्यापक हितबहादुर दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार तत्कालका लागि सोमबारदेखिबुधबारसम्मका लागि विद्यालय बन्द
गरिएको छ । विद्यालयमा देखिएको समस्याको बारेमा प्राथमिक स्वास्थ्य
केन्द्र सोताङलाई जानकारी गराई सकेको जानकारी दिँदै दाहालले विरामी
विद्यार्थीका सामान्य उपचार भइरहेको पनि जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रले तत्कालै औषधिसहितको स्वास्थ्यकर्मी टोली
विद्यालय क्षेत्रमा पठाउने तयारी गरिरहेको छ । रोक गाउँ पुग्न
सदरमुकामबाट करिब डेढ दिन हिँड्नुपर्छ ।

No comments:

Post a Comment