Wednesday, December 12, 2012

पेट्रोल छर्केर आगो लगाइएकी शिवाको निधन

२७ मंसिर, काठमाडौं । विवाह गर्न नमानेको भन्दै पेट्रोल छर्किएरर आगो
लगाउँदा गम्भिर घाइते भएकी शिवा हासमीको उपचारका क्रममा आज मृत्यु भएको छ
। उनको उपचारका क्रममा आज विहान सात बजे वीर अस्पतालमा निधन भएको मृतकका
भाई तनविरले जानकारी दिएका छन् । शिवाको बर्दिया गुलरिया लगेर अन्तिम
सस्कार गरिने पनि तनविरले बताएका छन् ।
गत मङ्सिर २४ गते विवाह गर्न नमानेको भन्दैहासमीलाई भारतीय नागरिक बाबु
खानले पेट्रोल छर्किएर आगो लगाएका थिए । आगोका कारण हासमीको शरीरको ९०
प्रतिशतभन्दा बढी जलेको थियो ।
आर्थिक अवस्था विपन्न भएकी बर्दिया गुलरिया नगरपालिका-८ की १६ वर्षीया
हासमीलाई गैरसरकारी संस्था, सर्वसाधारण र सरकारी निकायद्वारा प्राप्त
आर्थिक सहयोगबाट मङ्सिर २५ गते काठमाडौँ ल्याइएको थियो । आर्थिक अभावका
कारण दुई दिनसम्म उनलाई नेपालगन्जमै राखेर उपचार गरिएको थियो ।
शुभचिन्तकबाट रकम जुटेपछि काठमाडौँ ल्याइएकी उनलाई वीर अस्पतालमा उपचार
गरिएको थियो ।
यसैबीच मुख्यसचिव लीलामणि पौडेलले हासमीको निःशुल्क उपलब्ध गराउन विर
अस्पताललाई निर्देशन दिनुभएको थियो ।
मुख्यसचिव पौडेलसहित, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कामु
सचिव राजमान सिंह मल्ल, राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख
चाँदतारालगायतको टोलीले वीर अस्पतालका निर्देशक बुलन्द थापालाई भेटी
निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयका उपसचिव शेषनारायण पौडेलले
जानकारी दिनुभयो । मुख्यसचिव पौडेलले हासमीको उपचारमा कुनै पनि
कन्जुस्याईं नगर्न र आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो

अस्पतालका निर्देशक र उपचारमा संलग्न चिकित्सकहरूलाई विशेष निर्देशन
दिंदै मुख्यसचिव पौडेलले सरकारले हासमीको उपचारको सबै जिम्मेवारी लिने
बताउनुभएको थियो ।

No comments:

Post a Comment