Tuesday, December 18, 2012

आफ्नो ज्यान जोगाइदिन पूर्वयुवराज पारसको अपिल

। थाइल्याण्डको राजधानी बैंककमा व्यक्तिगत जीवन बिताउँदै आएका
पूर्वयुवराज पारस शाहले त्यहाँस्थित नेपाली दूतावासमार्फत आफ्नो जिउधनको
सुरक्षाका लागि अपिल गरेका छन् ।
पूर्व युवराज पारसले दूतावासमा दिएको निवेदनमा व्यक्तिगत बसाइको क्रममा
केही समय अगाडीदेखि आफूमाथि विभिन्न बहानामा अनेक प्रकृतिका लान्छना तथा
मानसिक यातनासहित आर्थिक शोषणदेखि ज्यानमार्नेसम्मको धम्की आएको भन्दै
सुरक्षाका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
नेपाल समाचारपत्रमा छापिएको समाचार अनुसार पारसले दिएको निवेदनमा आफूहरु
भारतीय मुलका जस्ता देखिने व्यक्तिहरुबाट समेत असुरक्षित हुँदै आएको
महशुस गरेकाले ती व्यक्तिहरुको पहिचानका लागि थाई प्रहरी र बैंककस्थित
भारतीय दूतावाससँग पहल गरी जिउधनको सुरक्षाका लागि पहल गर्न आग्रह गरेका
छन् ।
उनी आफुमाथि विभिन्न बाहनाबाजीमा अनेक प्रकृतिका लान्छनालगायतका मानसिक
यातनासहित आर्थिक शोषणा तथा ज्यानमार्नेसम्मको हर्कत भएको भन्दै जिउधनको
सुरक्षाका लागि दूतावासको शरणमा पुगेका हुन् ।

No comments:

Post a Comment