Tuesday, December 18, 2012

वैदेशिक रोजगारीको डरलाग्दो ब्यथा

३ पुस, काठमाडौं । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइरहँदा
वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्ससँगै कामदारको पीडा र व्यथा पनि
स्मरण गर्न थालिएको छ । बैदेशिक रोजगारीको शिलसिलामा ठगी एवं शोषणका घटना
अझैसम्म कम हुन सकेका छैनन् ।
घरेलु कामका लागि गत साल भदौमा अरब पुगेकी बागलुङकी गंगा सुनारले गएको
फागुनमा आत्महत्या गरिन् । नक्कली पासपोर्टमा विदेश गएका कारण काठमाडौंमा
सुनारको शव बुझ्न पति सुरेशले निकै झमेला र हैरानी व्यहोर्नुपर्यो।
यस्तै ०६२ सालमा लेवनान गएकी सुर्खेत लाटीकोइलीकी प्रेमा रानाले पाँच
वर्षसम्म एउटा घरभित्र बन्दी अवस्थामा काम गरिन् । त्यहाँबाट रित्तो हात
घर फर्केकी प्रेमाले पछि मात्र थाहा पाइन्, उनलाई शेरबहादुर लामा भन्ने
दलालले बेचेको रहेछ ।
यी दुईवटा घटना प्रतिनिधि घटना मात्रै हुन् । वैदेशिक रोजगारीमा गएका
धेरै नेपालीहरुले गंगा र प्रेमालेजस्तै अनेकन् भुक्तमान, पीडा र व्यथा
भोग्ने गरेका छन् ।
तथ्यांक यस्तो छ:
राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा मात्रै पुगेर हेर्ने हो भने
थाहा हुन्छ,दैनिक सयौं नेपाली कामको खोजीमा विदेशिने गर्छन् । तथ्यांक
अनुसार दैनिक ६ सयको हाराहारीमा नेपाली युवा विदेशिने गरेका छन् ।
स्वदेशमा राजनीतिक अस्थिरता, स्थायी सरकार र श्रमवजारको अभाव, गरिबी,
असुरक्षा लगायतका कारणले धेरै युवा बिदेशिन बाध्य छन् । बैध बाटो भएर
जानेहरु पनि छन् । लुकिछिपी जानेहरु पनि उत्तिकै छन् ।
सन् २००० मा कामको खोजीमा विदेशिएका नेपालीको संख्या ५५हजार ५ सय थियो ।
१२ वर्षपछि अहिले यो संख्या २५ लाख ९० हजार ९३ पुगेको छ । आप्रवासी
कामदारमध्ये महिलाहरुकोआधिकारिक संख्या ३ प्रतिशत रहेपनि विदेशमा रहेका
नेपाली आप्रवासी श्रमिकमध्ये महिलाहरुको संख्या ३० प्रतिशत रहेको अनुमान
छ ।
नेपाल सरकारले संस्थागतरुपमा वैदेशिक रोजगारका लागि खुला गरेको देशहरुको
संख्या १०८ भए पनि अवैधानिक बाटो हुँदै अरु देशमा पनिनेपाली कामदार
पुगेका छन् । दैनिक वैदेशिक श्रम स्वीकृत लिने २००० मध्ये झण्डै १ सय ५०
महिला हुन्छन् । लैंगिक समानता र सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय
यूएन वुमनका अनुसार १११ नेपाली महिला कुवेत, साउदी अरब, मन र लेबनानका
कारागारमा छन् । ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ जना बेपत्ता
छन् । उद्दार गरेर नेपाल फर्काइएका २ हजार ८ सय २० मध्ये ४ सय १५ जना
मानसिक सन्तुलन गुमाएका, ८६ अनिच्छित गर्भ बोकेका र ३२ जना बालबच्चा सहित
आएका छन् । धेरैजसो महिला डरलाग्दो यौन हिंसा र श्रमशोषणको शिकार बनेका
यूएन वुमनले जनाएको छ ।
पुरुष कामदारले पनि उत्तिकै पीडा भोग्ने गरेका छन् । अवस्था यस्तो
डरलाग्दो भएपनि मुलुक अझै रेमिट्यान्सको भरमै चलिरहेको छ । नेपालको
अर्थतन्त्रमा वाषिर्क साढे पाँचखर्ब रेमिट्यान्सको योगदान छ ।
सुरक्षित बनाउने सरकारी प्रयास:
बैदेशिक रोजगारमा गएकाहरुले अनेक पीडा र व्यथा भोग्ने गरेको घटना बढ्न
थालेपछि सरकारले यसलाई सुरक्षित बनाउने प्रयास गरेकोछ । यसकै फलस्वरुप
२०६२ सालमा श्रम तथा रोजगारनीति बन्यो । 'यो नीति बनेपछि बैदेशिक रोजगार
सुरक्षित र मर्यादित बन्दै गएको छ' बैदेशिक रोजगार विभागका महानिर्देशक
पूर्णचन्द्र भट्टराईले अनलाइनखबरसित भन्नुभयो । उहाँका अनुसार सरकारको
तर्फबाट भएका केही महत्वपूर्ण प्रयासहरु यस्ता छन् ः
· श्रम स्वीकृति लिएर मात्र विदेशमा जानुपर्ने नीति कार्यान्वयनको लागि
निगरानी र जाँच ।
· वैदेशिक रोजगारमा गएकाहरुको गुनासा सुन्न सम्बन्धित दूतावासमा पर्याप्त
जनशक्तिको व्यवस्था ।
· ठगिएकालाई कानुनी उपचार । तत्काल क्षतिपूर्ति र पीडकलाई कार्वाहीको व्यवस्था ।
· विमानस्थलमा श्रम डेस्कको स्थापना
· पूर्व तालिम र योजनाबारे गाउँस्तरसम्म चेतना अभियान ।
ध्यान दिनुपर्ने कुरा:
सरकारले आवश्यक व्यवस्था र कार्यक्रम बनाएपनि बैदेशिक रोजगारमा जानेहरुको
पीडाव्यथा हराएको छैन । 'कामदार आफैं सचेत बन्ने हो भने यस्ता धेरै घटना
कम हुन्छन्' भट्टराईले भन्नुभयो । उहाँका अनुसार विदेशमाजानुअघि
सम्बन्धित देशको अवस्था र कामबारे थाहा पाउनुपर्छ । म्यानपावर कस्तो हो
भनेर ख्याल गर्नुपर्छ । हतारमा गएर पछुताउनुभन्दापहिल्यै नै धेरै कुरामा
ध्यान दिनुपर्छ । जानुअघि घरपरिवारसित पर्याप्त छलफल गर्नुपर्छ । वैधानिक
बाटो हुँदै सरकारले तोकेको देशमा स्वीकृतप्राप्त मेनपावर कम्पनीमार्फत
मात्रै जानुपर्छ । सीपमूलक तालिम लिनुपर्छ ।
कुन कुन देशमा जान्छन् नेपाली
यसमा तपाइको मत
यु

No comments:

Post a Comment