Sunday, December 16, 2012

१२, १४ बर्षका छात्रालाई शिक्षकबाटै ‘लभ लेटर’ को चाङ

१ पुस, काभ्रे । विद्यालय घर पछिको सुरक्षित स्थान मानिन्छ भने
शिक्षक/शिक्षिकालाई दोस्रो अभिभावक । तर, शिक्षकले नै कलिला छात्रामाथि
आँखा गाडेर 'लभ लेटर'(प्रेमपत्र) पठाएपछि शिक्षालय कस्तो बन्ला ? धेरैलाई
आश्चर्यमा पार्ने दृश्य काभ्रेको देवभूमि बालुवामा देखिएको छ ।
पाँचखाल क्षेत्रको देवभूमि बालुवामा अवस्थित ब्राइट फ्युचर स्कुलमा
पढाउने दुई शिक्षकले कक्षा ६ र ८ मा पढ्ने छात्रालाई लभ लेटर दिएर शिक्षक
पेसाकै मर्यादा घटाएका छन् । झापा स्थायी घर भएका भरत कँडेल र शिवप्रसाद
उप्रेतीले १२ र १४ वर्षका छात्रालाई लभ लेटर दिने गरेको रहस्य उनीहरुका
अभिभावकले सार्वजनिक गरेपछि यसले ठूलै हंगामा मंच्चिएको छ ।
शिक्षकद्वय कँडेल र उप्रेतीले पठाउने गरेको प्रेमपत्रमा अश्लील शव्दको
समेत उल्लेख गरेको भेटेपछि छात्राका अभिभावकहरु आक्रोशित बनेको रामचन्द्र
श्रेष्ठले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ । आक्रोशित
अभिभावकले उनीहरुलाई कडा कारबाही गर्न माग समेत गरेका छन् । शिक्षक
द्वयले पहिले पनि अन्य छात्राहरुलाई लभ लेटर पठाउने गरेको तथ्य पछिल्लो
घटना सार्वजनिक भएपछि उजागर भएको हो ।
अभिभावकको उजुरी पछि विद्यालयका प्रिन्सिपल पर्शुराम कँडेलले आरोपित
शिक्षकद्वयलाई प्रहरीको जिम्मा लगाएका छन् ।

No comments:

Post a Comment