Sunday, December 16, 2012

बेरोजगार संख्या ४ हजार मात्रै

१ पुस, काठमाण्डौं । स्वदेशमा रोजगारी नपाएर दैनिक हजारभन्दा बढी युवा
वैदेशिक रोजगारीमा गइरहेका बेला आफुलाई बेरोजगार भनी दाबी गर्नेको संख्या
अहिलेसम्म ४ हजार नाघ्न सकेको छैन् ।
मुलुकभरका बेरोजगारको तथ्यांक संकलन गर्ने 'बेरोजगार सूचना
केन्द्र'लेचालू आर्थिक बर्षको पहिलो चार महिनामा यो तथ्यांक संकलन गरेको
हो । केन्द्रकाअनुसार पछिल्लो चार महिनामा ३ हजार ८ सय ७ जनाले मात्रै
आवेदन भरेका छन् । सरकारकै तथ्यांक अनुसार वाषिर्क करिब ४ लाख
युवाहरुश्रम बजारमा थपिन्छन् ।
सर्वसाधारणलाई सूचना संकलनबारे जानकारीको अभाव नभएको तथा निवेदन भरे पनि
रोजगार पाउने ग्यारेन्टी नभएकाले न्यून निवेदन परेको श्रम विभागका
महानिर्दैशक केवलप्रसाद भण्डारीले बताएको खबर कारोबार दैनिकले छापेको छ
।'एक बर्षभरी संकलन भएका बेरोजगारलाई उनीहरुको सिप, क्षमता र रुचि
अनुसारको रोजगारी दिन सकिने अवस्था छैन, यस्तो अवस्थामा उनीहरुले हामीलाई
विश्वास गरेनन्,' भण्डारीले भने ।
सवै बेरोजगारको सहि तथ्यांक पत्ता लगाउन पहिले संकलन भएका बेरोजगारहरुलाई
सरकारले रोजगार दिनुपर्ने भण्डारीको भनाई छ । गत बर्ष मुलुकभर ४० हजार
बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

No comments:

Post a Comment