Monday, December 17, 2012

बोक्सीको आरोपमा घर जानै पाएनन् दम्पती

२ पुस, हेटौडा । बोक्सीको आरोप लगाएर गाउँका केही व्यक्तिहरुले ज्यान
लिने कोसिस गर्न थालेपछि मकवानपुर डाँडाखर्क-८ का एकदम्पती चार महिनादेखि
घर छाड्न बाध्य भएका छन् ।
कैलाशस्थित आफ्नै घरमा सपरिवार बस्दै आएका ५० बर्षका कुलबहादुर स्याङवो र
पत्नी ४७ बर्षकी राममाया भदौ १ गतेदेखि घर छाडेर भागेका हुन् । घरमा
नाबालक छोराछोरीलाई छाडेर ३ बर्षकी कान्छी छोरीलाई साथमा लिएर स्याङवो
दम्पती ज्यान जोगाउन भागेका हुन् ।उनीहरु अहिले चरियामाई गाविस ६
जिप्लेटी बाँसघारीस्थित दिदी ठुली घिमिरेको घरमा आश्रय लिएर बसेको खबर
नेपाल समाचारपत्रले छापेको छ ।
तीन बर्षअघिदेखि सोही ठाउँका ३५ बर्षका खड्के मोक्तानलगायतको समूहले
आफूहरुलाई 'बोक्सी भेदाहा' भन्दै गाली गलौज र कुटपीट गर्ने गरेको पीडित
दम्पतीले बताएका छन् ।

No comments:

Post a Comment