Thursday, December 13, 2012

वैदेशिक रोजगारीका नाममा ४ महिना मै ३६ करोड ठगी

२८ मंसिर, काठमाण्डौं । विगतको तुलनामा अहिले वैदेशिक रोजगारीका नाममा
ठगी हुने क्रम बढेको छ । मुलुकले भोग्नु परेको राजनीतक अस्थिरता एवं लामो
समयदे खिजारी संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै ठगहरुले स्वदेशमा काम
नपाएर विदेश जाने तयारीमा रहेका युवालाई अनेक प्रलोभनमा पारेरसंस्थागत र
व्यक्तिगत रुपमा ठग्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार चालू आवको ४ महिनामा मेनपावर एजेन्सी र एजेन्टले
रोजगारीका सिलसिलामा विदेसिन कामदारसँग ३६ करोड ४६ लाख ५६ हजार ३ सय ७
रुपैयाँ ठगी गरेका छन् । सो रकम चालु आवको साउनदेखि कात्तिक मसान्तसम्मको
मात्र हो ।
विभागको सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत र व्यक्तिगत
गरी ७ सय ८२ ओटा ठगीका उजुरी परेको जनाएको छ ।
विभागका निर्देशक योगराज बरालले चालू आवको बितेका ४ महिनाको कात्तिक
मसान्तसम्म कुल ७ सय ८२ ओटा ठगीका उजुरी परेको बताए । जसमा ३ सय १२ ओटा
संस्थागत र ४ सय ७० वटा व्यक्तिगत रहेको राजधानी दैनिकमा खबर छ ।

No comments:

Post a Comment