Sunday, December 9, 2012

आज भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

२४ मंसिर, काठमाण्डौं । आज भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
। नेपालमा पनि विभिन्न कार्यक्रमगरी मनाईदैछ । सरकारी र सरोकारवाला
गैरसरकारी सस्थाहरुले भ्रष्टाचार निवारणमा जोड दिँदै चेतनामुलक
कार्यक्रमको आयोजना गरेका छन् ।
सन् २००३ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानुनका रुपमा
भ्रष्टाचार बिरुद्धको महासन्धी जारी गरेदेखि यो दिवस मनाईंदै आईएको छ ।
भ्रष्टाचारले विश्वमा महामारीको रुप लिएपछि त्यस विरुद्ध लड्न र जनचेतना
अभिवृद्धि गर्ने उद्देश्यले योदिवस मनाउन थालिएको हो । विकासोन्मूख देशमा
बढी भ्रष्टाचार हुने गरेको तथ्याङले देखाएको छ ।
भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले ४
दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल भ्रष्टाचार कम गर्न असफल
देखिएको छ ।

No comments:

Post a Comment