Monday, December 24, 2012

छोरालाई घाइते बनाएर बुबाद्वारा आत्महत्या

९ पुस, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपलिकाका एक वृद्धले धारिलो
हतियारले हानेर आफ्नै छोरालाई घाइते बनाएर आफूले पनि आत्महत्या गरेका छन्

भीमदत्त नगरपालिका-११ भुजेलाका ५८ वर्षीय रतन ओडले आइतबार राति २४ वर्षीय
छोरा पदम ओडलाई धारलो हतियारले हानेर आफूले पनि घरभन्दा केही टाढा रहेको
रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बाबु छोराबीच
रक्सीसेवन गरेर भएको सामान्य विवादले ठूलो रुप लिँदा उक्त घटना भएको
प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवादपछि मृतकले काठको सामग्री निर्माण गर्दा प्रयोग
हुने रुखानीलेहानेर छोरालाई घाइते बनाएको इलाका प्रहरी कार्यालय
गड्डाचौकीका प्रहरी नायब निरीक्षक अमिरकन चन्दले बताउनुभयो । घाइते पदमको
महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment