Friday, November 16, 2012

प्रचण्डलाई आफ्नै कार्यकर्ताले थप्पड हाने झापड

१ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डलाई आफ्नै कार्यकर्ताले थप्पड हानेका छन् ।
नेपाल संवत ११३३ को अबसमार राजधानीको भृकुटीमण्डपमा शुक्रबार पार्टीले
आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डलाई बाग्लुङका पदम कुँबरले
मञ्चमै पुगेर गालामा थप्पड हानेका हुन् । कार्यक्रममा पुगेका प्रमुख दलका
शीर्ष नेताहरुलाई विदा गरेपछि सहभागीहरुसँग हात मिलाइरहेका बेला कुँबरले
पनि अभिवादन साटेपछि प्रचण्डलाई थप्पड हानेका थिए ।
प्रचण्डमाथि आक्रमण गर्ने कार्यकर्तालाई मञ्चमा रहका नेता, कार्यकर्ता र
सुरक्षाकर्मीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । त्यसक्रममा
उनलाई माओवादी कार्यकर्ताले कुटपिट गरेका छन् । उनलाई पुलिस क्लबसम्म
लैजान प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
माओवादीका कार्यकर्ताले अहिले आक्रमणकारीलाई सार्वजनिक गर्न माग गर्दै
नाराबाजी गरिरहेका छन् । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।
यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथी इटहरीमा एमाले समर्थकले झपड हानेका
थिए भने भने एमाओवादीका सभासद झक्कुप्रसाद सुवेदीमाथि काठमाडौंको
तीनकुनेमा चिया पसलेले झाडप हानेका थिए । यस्तै केही समयअघि नेपाली
कांग्रेसका सभापति सुशील कोइरालामाथि आफ्नैकार्यकर्ताले आक्रमणको प्रयास
गरेका थिए ।

No comments:

Post a Comment