Saturday, November 17, 2012

जनताको आक्रोश वढ्दै, नेतृत्वमाथि थप्पडको लहर

२ मंसिर, काठमाण्डौ । 'अहिले त एकाध जनताले एकाध थप्पडमात्र हानेका छन्
।' २२ महिनाअघि एमाले अध्यक्ष झलनाथ खनालले आफ्नै पूर्व कार्यकर्ताको
झापड खाएलगत्तै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को
रोस्ट्रममा उभिएर दिएको प्रतिक्रिया हो यो । २०६७ माघ ७ गते सुनसरीमा
आयोजित कार्यक्रममा पार्टीका नवप्रवेशीको लाइनमा आएका देवीप्रसाद
रेग्मीले खनालमाथि हात उठाएका थिए । त्यतिबेला संसद परिणामविहीन
प्रधानमन्त्री निर्वाचनको शृंखला चलिरहेको थियो । त्यो घटनालाई
जनआक्रोशका रूपमा चित्रण गर्दै प्रचण्डले भनेका थिए, 'अब पनि
प्रधानमन्त्री बनाउन नसके एक जनालाई होइन, हामी धेरै नेतालाई जुत्ता
हान्ने स्थिति आउँछ ।' परिस्थिति उनले आँकलन गरेकै दिशातिर अघि बढ्यो ।
लगत्तै संसद्ले प्रधानमन्त्री त चुन्यो तर नेतामाथि आक्रमणको शृंखला
रोकिएन ।
पार्टीको चियापानमा शुक्रवार प्रचण्डमाथि आक्रमण गर्ने बागलुङका पदम
कुँवर पनि उनकै पूर्वकार्यकर्ता हुन् । गत साउन ३ मा एमाओवादीको प्लेनम
बैठकमा असन्तुष्ट लडाकुले प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराईसहितका
शीर्षनेताहरूलाई लक्षित गरी कुर्सी प्रहार गरे । पूर्वलडाकुको अस्थायी
शिविरमा भएको अनियमिततासँग जोडिएको उक्त प्रकरणलाई प्रचण्डले छानबिन
कमिटी बनाएर थामथुम पारेका थिए । आजको कान्तिपुर दैनिके समाचार छापेको छ

गत असोज १३ गते कांग्रेस सभापति सुशील कोइरालामाथि पनि आफ्नै
कार्यकर्ताबाट कुर्सी प्रहार भएको थियो । कुर्सी हान्ने अरू कोही नभएर
नेविसंघकै कार्यकर्ता प्रवेश बस्नेत थिए । असन्तुष्टिको विषय पनि साधारण
थियो, आयोजकले आफूभन्दा कनिष्ट धेरैलाई आसन गराउँदा पनि आफूलाई वास्ता
नगर्नु ।खनाल र कोइरालामाथिको आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरी
सार्वजनिकअपराधको मुद्दा लगाएको थियो । रेग्मीलाई केही दिनमा खनाल
स्वयंले माफी दिए भने बस्नेत केही दिनपछि धरौटीमा छुटे ।
त्यसअघि २०६८ वैशाख १९ गते संविधानसभा भवनबाट निवास जाँदै गरेका झक्कु
सुवेदीलाई तीनकुनेमा चियापसल चलाउने गोर्खा, गाईखुरका प्रेमराज देवकोटाले
झापड हानेका थिए । आफ्नो पसलअगाडि हिँडिरहेका सभासद सुवेदीलाई देवकोटाले
बोलाएर संविधान कहिले बनाउँछौभन्दै दुई झापड हानेका थिए । प्रहरीले
पव|mेको केही दिनमा सुवेदीकै आग्रहमा देवकोटा रिहा भए । यी सबै घटना
समाजमा बढ्दो हिंसात्मक मनोवृत्तिका उदाहरण हुन् । 'कुनै पनि चीज
प्राप्तिको एउटै उपाय हिंसा र बलप्रयोग हो भन्ने मनोदशाको विकास भएको छ,'
मनोचिकित्सक पुष्प शर्माले भने, 'बढ्दो हिंसात्मक प्रवृत्ति रोक्ने पहल
भएको छैन ।'

No comments:

Post a Comment