Friday, November 16, 2012

प्रचण्ड र कोइरालावीच छलफल

१ मंसिर, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र
नेपाली काँग्रेसका सभापति सुशील कोइरालावीच भेटवार्ता भएको छ ।
महाराजगञ्जस्थित कोइरालाको निवास भएको भेटवार्तामा सरकारले ल्याउन लागेको
बजेट लगायत समसामयिक विषयमा छलफल भएको महाराजगञ्ज स्रोतले जनाएको छ ।
दलहरुवीचको विवादका कारण सरकारले यसअघि ल्याएको आंशिक बजेट हिजो नै
सकिएपछि पूर्ण बजेटका विषयमा सहमति जुटाउने प्रयास स्वरुप प्रचण्ड
काँग्रेस सभापति कोइरालाई भेट्न शुक्रवार विहानै महाराजगञ्ज पुग्नु भएकेा
हो । उहाँहरुवीच बजेट, नयाँ निर्वाचन, राष्ट्रिय सहमतिको सरकार गठन
लगायतका विषयमा छलफल भएको थियो ।

No comments:

Post a Comment