Wednesday, November 21, 2012

देउवा आउने कार्यक्रम स्थलमा बम

बझाङ, मंसिर ६ - बझाङको सुनकुडा उच्चमाविमा सकेट बम फेला परेको छ ।
बिहीबार कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
आउने कार्यक्रम स्थलमा बुधबार बिहान बम राखिएको भेटिएको छ ।
कांग्रेस पार्टी बझाङ क्षेत्र नम्बर २ को आयोजनामा सुनकुडा उच्चमाविको
विद्यालय प्राङ्गणमा बिहीबार (भोली) पार्टीले बृहत आमसभाको तयारी गरेको
थियो । कार्यक्रम स्थलमञ्चको नजिकै स्कुल भवनकै छेउमा सकेट बम राखिएको
कांग्रेस कार्यकर्ताहरुले जानकारी पाएपछि प्रहरी लाई खबर गरेको छ ।
प्रहरी बम राखिएको स्थलमा जाँदा बम नै भएको जिल्ला प्रहरी कार्यालय
बझाङका प्रमुख उदय तामाङले जानकारी दिए । सकेट बम पाँच इन्चको रहेको
प्रहरीले बताएको छ ।
बम राखेको छेउमा राष्ट्रियताकोसंरक्षण गरौं, राजा आउ देश बचाउ नारा
लेखेको पम्पेलेट भेटिएको पनि डिएसपी तामाङ्ले बताए । पार्टीले बिहीबार
बिहान एघार बजे आमसभाको कार्यक्रम राखेको छ ।
कार्यक्रम स्थलमा बम भेटिए पछि कांग्रेसका नेता तथा सर्ब साधारण त्रसित
भएका छन् । बम निश्कृय गर्न डडेलधुरा जिल्लाबाट नेपाली सेनाको प्राविधिक
टोली बुधबार नै सुनकुडा आउने निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र
शाहीले बताए ।
कांग्रेस पार्टीले वर्तमान सरकारको विरोधमा जनतालाई एकजुट गर्न देशका
विभिन्न स्थानमा आमसभा गर्ने कार्यक्रम अन्तरर्गत कांग्रेसका नेता देउवा
बझाङ आउँदै गरेका हुन् ।
देउवाले मंसिर ७ गते सुनकुडाको आमसभामा सम्बोधन गर्ने र ८ गते सदरमुकाम
चैनपुरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:

No comments:

Post a Comment