Wednesday, November 21, 2012

मुम्बई हमलाका दोषी कसाबलाई फाँसी दिइयो

मुम्बई(एजेन्सी), मंसिर ६ - मुम्बई हमलाको दोषी पाकिस्तानी नागरिक अजमल
कसाबलाई बुधबार बिहान भारतमा फाँसी दिइएको छ । भारतीय समय अनुसार बिहान
साढे ७ मा पुणेको यरवडा जेलमा कसाबलाई फाँसी दिइएको हो ।
केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिंडेले फाँसी दिइएको कुरालाई पुष्टी
गरेका छन् । कसाबको शब बुझ्नलाई गरिएको आग्रह पाकिस्तानले अस्विकार गरेको
सिंडेले जानकारी दिए । सन् २००८ नोभेम्बर २६ तारिखमा मुम्बईमा आतंककारी
हमला भएको थियो । मुम्बई प्रहरीले उक्त घट्नामा संलग्न एकजना कसाबलाई
मात्रै जिवित पक्राउ गर्न सफल भएको थियो ।
कसाब आफ्नो १० जना साथी सहित समुद्रको बाटो मुम्बई आएर शिवाजी रेलवे
स्टेशन, ताज होटल, ट्रइडेंट होटल समेत शहरको विभिन्न भागमा आक्रमण गरेका
थिए । उक्त आक्रमणमा १ सय ६६ जना मारिएका थिए । सयौं घाइते समेत भएका थिए

प्रकाशि

No comments:

Post a Comment