Thursday, November 15, 2012

प्रधानमन्त्रीद्वारा दिपावलीको शुभकामना व्यक्त

३० कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिपावलीको
उपलक्ष्यमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त
गर्नुभएको छ । दिपावलीको अवसरमा जारी गर्नु भएको आफ्नो शुभकामना
सन्देशमा प्रधानमन्त्री भट्टराईले महान् चाड दिपावलीकोले सबै नेपालीलाई
खुसी र आनन्द दिन सकोस् र हामी सबैलाई एकताको सूत्रमा बा"धिरहने
प्रेरणा दिइरहोस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानमन्त्रीले परम्परादेखि हर्ष र उल्लासपूर्ण वातावरणमा मनाइ"दै आएको
नेपालीको महान् चाड दिपावलीले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई कायम
राख्न सकोस् भन्ने कामना समेत गर्नु भएको छ । शुभकामना सन्देशमा भनिएको
छ,' सांस्कृतिक विविधताले भरिएको नेपालमा दीपावलीले सबै नेपालीको घर
घरमा सुख र शान्ति कायम राख्न सहयोग गर्दै आएको कुरा हामी सबैमा स्पष्ट छ
।'

No comments:

Post a Comment