Thursday, November 15, 2012

कोरियाको बन्दी गृहमा नेपाली कुक

सोल (दक्षिण कोरिया), कार्तिक २९ - भैरहवाका सन्दीप सुनार दुई महिनादेखि
कोरियाको ख्यङगीदो ह्वासङ बन्दी गृहमा छन् । त्यस क्षेत्रमा रहेको
आल्मुनियमसँगसम्बन्धित कम्पनीमा अवैधानिक रूपले काम गर्दागर्दै उनी
अध्यागमन विभागका कर्मचारीबाटदुई महिनाअघि पक्राउ परेका हुन् ।
मंगलबार फोनमा दिएको जानकारी अनुसार उनलाई थेगु सहरमा रेस्टुरेन्ट
सञ्चालन गरेर बसेका भैरहवाकै प्रकाश सुनारले ४ लाख १० हजार रुपैयाँ लिएर
२०१० को फेब्रुअरी महिनामा कुक भिसामा यहाँ ल्याएका थिए । छाङवन, थेगु र
बुसानका आफ्ना रेस्टुरेन्टहरूमा प्रकाशले काम लगाएको भए पनि ६ महिनाको
तलबभत्ता नदिएपछि र भिसा नवीकरण नगरेपछि २०११ को फेब्रुअरीमा रेस्टुरेन्ट
छोडेर अवैधानिक हुन बाध्य भएका थिए । अवैधानिक भएपछि कहिले साथीहरूसँग र
कहिले मोटेलमा बस्दै आएका सुनार साथीको सम्पर्कबाट गत मार्च महिनाबाट
उक्त कम्पनीमा पुगेका थिए । सँगै पक्राउ परेका कपिलवस्तुका रवीन्द्र
चौधरी भने पक्राउ परेको एक हप्तामै नेपाल फर्किसकेका छन् । सन्दीप भने
रेस्टुरेन्ट सञ्चालक प्रकाश सुनारबाट आफ्नो पाउदार करिब ५ लाख १० हजार
रुपैयाँ लिएरमात्र घर जाने भन्दै बन्दीगृहमा दैनिकी बिताइरहेकाहुन् ।
रेस्टुरेन्ट सञ्चालक प्रकाश भने पीडित सुनारलाई आफूले दिनुपर्ने रकम
बाँकी नभएको भन्दै प्लेन टिकटसम्म लिइदिने कुरा गरेका छन् । साइनोमा
प्रकाश र सन्दीपको मावली दाइ हुन् ।
विगत एक हप्तादेखि आफू बिरामी रहेको समेत बताएका २५ वर्षीय सुनारले
कोरिया आउँदा लागेको खर्च अझै २ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए ।
उनले बाँकी रहेको आफ्नो पारिश्रमिक उठाइदिन सोलस्थित नेपाली राजदूतावास र
नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसीसँग पटक-पटक अनुरोध गरेको
पनि बताए । अध्यक्ष केसीले रेस्टुरेन्ट सञ्चालकहरूले कुकबाट त्यसरी
अनुचित रकम लिनु कानुनविपरीत रहेको बताउँदै पीडित सुनारको रकम फिर्ता
गराउन आफूले पहल गरिरहेको बताए । यसै विषयलाई लिएर नेपाली दूतावासका
उपनियोग प्रमुख राजाराम बर्तौलाले पटक-पटक सम्पर्क फोन गरे पनि प्रकाश
सम्पर्कमा नआएको बताए । यसअघि सहचारी तुलसी कोइराला प्रकाशलाई भेट्न
थेगुसम्म पुगे पनि उनले भेट दिएका थिएनन् ।
रेस्टुरेन्ट सञ्चालक प्रकाशकोनेपालमा श्रीमती र दुई छोरा छन् भने
कोरियामा पनि ली हाना नामकी कोरियन केटीसँग विवाह गरेर एक छोरी रहेका छन्
। ती सबै रेस्टुरेन्ट कोरियन श्रीमतीकोनाममा रहेको छ । उनले सन्दीपलाई
मात्र होइन अरू दुई नेपालीलाई पनि यसरी नै ठगी गरेको खुल्न आएको छ ।
जसअनुसार रामेछापका हरिबहादुर -टहल) थापा मगर र नुवाकोटका दिल तामाङलाई
पनि यसरी ठगिएका हुन् । ती रेस्टुरेन्टहरूमा १५ महिना काम गरेपछि आमाको
स्वास्थ्यका कारण नेपाल फर्केका थापा मगरले प्रकाशसँग (६२ लाख वन) करिब ४
लाख३५ आफ्नो पाउदार रहेको बताए । हाल रामेछापमा रहेका थापामगरले मंगलबार
कान्तिपुरसंग फोनमा बोल्दै कुक भिसा मिलाई दिएबापत प्रकाशले आफूसँग ३ लाख
५० हजार रुपैयाँ लिएको पनि बताए । आफूले बाँकी पारिश्रमिक पाउनका लागि
कानुनी कागजसमेत गुल्मीका सञ्जय अर्यालमार्फत कोरिया पठाए पनि प्रकाशबाट
कुनै सुनुवाइ नभएको बताए । प्रकाशले नुवाकोटका दिल तामाङबाट समेत कुक
भिसा बनाइदिएबापत ३ लाख लिएका थिए । प्रकाशले राहदानी र परिचयपत्र खोसी
दिएपछि तामाङ अवैधानिक हुन बाध्य भएका थिए ।

No comments:

Post a Comment