Thursday, November 8, 2012

लिथुआनिया र कंगोमा कामदार पठाउन अनुमाति माग

२२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले थप दुई देशमा कामदार
पठाउनका लागि सरकारसँग अनुमति मागेको छ ।
विभागले उत्तरी युरोपको लिथुआनिया र अफ्रिकन देश कंगोमा कामदार पठाउनका
लागि सरकारसँग अनुमति मागेको हो । विभागका महानिर्देशक पूर्णचन्द्र
भट्टराईले लिथुआनिया र कङ्गाबाट कामदारको माग आएको र पारिश्रमिक पनि
आकर्षक हुने भएकाले पठाउन अनुमति माग गरिएको बताउनुभयो ।
अहिलेसम्म सरकारले १ सय २८ देशमा वैदेशिक रोजगारीका लागि कामदार पठाउँदै
आएको छ । रासस
यसमा तपाइको मत

No comments:

Post a Comment