Thursday, November 8, 2012

चार हजार नेपाली विद्यार्थीको प्रमाणपत्र रद्द

२३ कात्तिक, काठमाण्डौं । नक्कली विश्वविद्यालय भएको प्रमाणित भएपछि
भारतको मथुरास्थित गुरुकुल विश्वविद्यालयबाट एसएलसी उत्तीर्ण गरेका चार
हजारभन्दा बढी नेपाली विद्यार्थीको प्रमाणपत्र रद्द गरिएको छ । उनीहरु
हाल नेपालका उच्च माध्यमिक विद्यालयहरुमा अध्यनरत छन् ।
उच्च माध्यमिक शिक्षा परिषद्लेसो विश्वविद्यालयबाट ल्याएका एसएलसी
उत्तीर्णको प्रमाणपत्र रद्द गर्ने निर्ण गरेको हो । परिषद्ले
विश्वविद्यालयले एसएलसी तहको प्रमाणपत्र जारी गर्नुलाई शंकास्पद रुपमा
लिँदैआएको थियो ।
भारतको विश्वविद्यालय अनुदान आयोगले भारतभित्रका विभिन्न २१वटा
विश्वविद्यालय नक्कली भएकोभनी आफ्नो वेबसाइटबाट सूचना जारी गरेको आधारमा
उत्तर प्रदेशको वृन्दावनस्थित गुरुकुल विश्वविद्यालयबाट एसएलसी परीक्षा
उत्तीर्णको प्रमाणपत्रलाई रद्द गरिएको गोरखापत्र दैनिकले खबर छापेको छ ।

No comments:

Post a Comment