तुफान न्यौपाने, नेपालगन्ज, जेठ ७- आदिवासी जनजातिले आइतबार गरेको बन्दमा संचारमाध्यमका सवारी साधनमाथि देशभर आक्रमण र तोडफोड भएका छन्। जनजाति महासंघ अध्यक्ष राजकुमार लेखीले वैशाख ३१ गते नेपालगन्जमा सार्वजनिक रुपमै सञ्चारमाध्यममा आक्रमणकको चेतावनी दिएका थिए।
नेपाल आदिवासी जनजाति पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लेखीले आदिवासीको देशभर चलिरहेको आन्दोलनलाई संचरमाध्यमले ‘कभरेज' नगरेको भन्दै घुमाउरो भाषामा आक्रमणको चेतावनी दिएका थिए। ‘हामी पनि संचारमाध्यमका क्यामेरा फोड्न सक्थ्यौं' उनले भनेका थिए,‘हामीले चाह्यौँ भने एकछिनमा सारा संचरमाध्यम जलाइदिन सक्छौं, तर हामीले त्यो गरेका छौनौं।' उनले संचारमाध्यमले जनजातिका मागलाई बंग्याएको समेत आरोप लगाएका थिए।
उनले केही नेताको नामै लिएर संचारमाध्यमले उनीहरूको मात्रै समाचार सम्प्रेषण गरेको तर आदिवासी जनजातिका आन्दोलनका समाचार प्रकाशन-प्रसारण नगरेका आरोप लगाएका थिए। संचारमाध्यममापनि महेन्द्रवादी दृष्टिकोण राख्नेहरूले विभेद गरेको उनको तर्क थियो। अध्यक्ष लेखीले संचारमाध्यमले एकपक्षीय समाचार सम्प्रेषण गरेकाले देशमा मुठभेडको स्थिति आएको र त्यसको जिम्मेवारी संचारमाध्यमले लिनुपर्ने बताएका थिए।
संचारमाध्यमप्रति निकै आक्रमक रूपमा प्रस्तुत हुँदै उनले आफूहरूले चाहेमा संचारमाध्यममा आक्रमण गर्न सक्ने र क्यामेरा फोड्नसक्ने चेतावनी बारम्बार दोहोर्याएका थिए। लेखीको पत्रकार सम्मेलनको अघिल्लो दिन मधेसी र थारूहरूको संयुक्त मोर्चाले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर आफ्ना समाचार सम्प्रेषण नगर्ने संचारमाध्यमलाई आक्रमणको चेतावनी दिएका थिए। आइतबारको बन्दमा प्रेसमाथि भएको आक्रमणलाईलेखीको पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूले ‘पूर्वनिर्धारीत योजना योजना मुतबिक भएको आक्रमण' भनेका छन्।
न्यूज २४ का नेपालगन्ज संवाददाता अर्जुन ओलीले प्रेसमाथि आइतबार भएको आक्रमण लेखीको अभिव्यक्तिका कारण भएको बताए। उनले योजनाबद्ध र सुनियोजित तरिकाले प्रेस माथि आक्रमण भइरहेको बताए। पत्रकार महासंघले पनि आइतबारको आक्रमणलाईसुनियोजित आक्रमण भनि बिरोध जनाएको छ। आइतबार पत्रिका पुर्याएर बुटवलबाट नेपलागन्जतर्फ आउँदै गरेको नागरिकको गाडी बन्दकर्ताले कपिलवस्तुमा तोडफोड गरेका छन्।
No comments:
Post a Comment