Thursday, November 8, 2012

समर्थकहरु बढेको भन्दै ज्ञानेन्द्र उत्साहित

२२ कात्तिक, काठमाडौं । जता गएपनि स्वागत गर्नेहरुको लामलस्कर देखेर
पूर्वराजा ज्ञानेन्द्र शाह उत्साहित बन्न थालेको उहाँका सहयोगीहरुले
बताएका छन् ।
यसअघि भैरहवा र पोखरा जाँदा समर्थकहरुको जयजयकार सुनेका ज्ञानेन्द्रले
यसपटक भैरहवा र नपलपरासी पुग्दा पनि उसैगरी स्वागत सत्कार भेटे । सोमबार
सडक मार्ग हुँदै भैरहवा जाँदा उनलाई धादिङ, चितवन, नवलपरासी र रुपन्देही
जिल्लामा सर्वसाधारणले भव्य स्वागत गरेका थिए । कतिपय ठाउँमा पञ्चेबाजा र
पञ्चकन्या मार्फत नै स्वागत गरिएको थियो भने कतिपय ठाउँमा चाहिँ
फूलमालाबाट उनको स्वागत भएका थिए ।
राजनीतिक गतिरोधले दलहरुप्रति आमजनतामा वितृष्णा फैलिरहेकाले
ज्ञानेन्द्रप्रतिको समर्थन बढेको उनका सहयोगीको ठम्याई छ । 'पहिले स्वागत
र जयजयकार गर्नेहरुको भीड त्यति देखिँदैनथियो, तर यसपटक भैरहवा पुग्दा
स्वागत गर्नेहरुको ताँती नै लाग्यो' ज्ञानेन्द्रका एक सहयोगीले
अनलाइनखबरसित भने -'आफ्ना समर्थक बढेकोमा सरकार उत्साहित हुनुहुन्छ ।'
सोमबार भैरहवा जाँदा ज्ञानेन्द्रलाई धादिङका राजावादीले 'श्री ५
महाराजाधिराज' नै भनेर सम्बोधन गरेका थिए भने मंगलबार नवलपरासीमा भएको
कार्यक्रममा पनि उनलाई राजाकै रुपमा बोलाइएको थियो । मंगलबार नवलपरासीमा
भएको कार्यक्रममा ज्ञानेन्द्रले नेताहरुकै शैलीमा भाषण गरेका थिए ।
जहाजबाट राजधानी फिर्ता
यसअघि पोखरा जाँदा र त्यहाँबाट फर्किँदा पनि सडकमार्गकै प्रयोग गरेका
ज्ञानेन्द्रले यसपटक राजधानी र्फकँदा चाहिँ आकाश मार्ग रोजेका छन् ।
सोमबार गाडी चढेर भैरहवा पुगेका उनी बुधबार जहाज चढेर राजधानी फर्किएका
हुन् । उनको बिदाईमा भैरहवा विमानस्थल र स्वागतमा त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरु फूलमाला सहित पुगेका थिए ।
12 Comments on "समर्थकहरु बढेको भन्

No comments:

Post a Comment