Tuesday, November 20, 2012

८ वर्षीय बालिकाको बलात्कार गर्ने सेनाका सिपाही पक्राउ

४ मंसिर, तनहुँ । तिहार मनाउन घर आएका नेपाली सेनाका एक सिपाहीलाई गाउँकै
८ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिद्धिदल गण विजयपुर ब्यारेक दरबन्दी भएर श्री नं. ३
बाहिनी अड्डा खैरेनीटारमा तालिम लिदै आएका सेनाका जवान रुपबहादुर जिसी
रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तिहार मनाउन गाउँ आएका जिसी गत कात्तिक २८ गते गाउँकै एक ८ वर्षीया
बालिकालाई वनमा लगेर बलात्कार गरी फरार भएका थिए । उनलाई नेपाली सेनाको
सहयोगमा आज सोमबार पक्राउ गरी प्रहरीले आवश्यक कारबाही शुरू गरेको छ ।
Comments:

No comments:

Post a Comment