Tuesday, November 20, 2012

जनयुद्वमा लगेर पनि पार्टीले नहेर्दा प्रचण्डलाई थप्पडः कुवँर परिवार

४ मंसिर, काठमाडौं । पदम कुवँरकापरिवारजनले जनयुद्वमा लागेर आफूहरुले
निकै कष्ट सहनु परेको तथा पार्टी नहेरेको आक्रोसमा एमाओवादी अध्यक्ष
प्रचण्डलाई थप्पड हानेको हुनसक्ने बताएका छन् ।
कुवँरका भिनाजु एवं एमाओवादी सल्यान जिल्ला कमिटी सदस्य भीम भारतीले
सोमबार पत्रकार सम्मेलन गरी कुवँरका सबै परिवार एमाओवार्दीमा लागेको, हाल
आमाले मानसिक सन्तुलन गुमाएको, दाइको जनयुद्धताका टाउको र छातीमा लागेको
गोली अहिलेसम्म निकाल्न नसकिएको र आर्थिक अवस्था ज्यादै नाजुक रहेको बताए
। उनले असन्तुष्टि र आक्रोश अभिव्यक्त गर्ने कुवँरको तरिका भने सही नभएको
बताए ।
कुवँरले गत शुक्रबार एमाओवादीको चियापान कार्यक्रममा प्रचण्डलाई थप्पड
हानेका थिए । हाल उनी थुनामा छन्।

No comments:

Post a Comment