Sunday, November 18, 2012

देवीप्रसाद भन्छन्- ‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’

नेतालाई गाला चड्काउने असभ्य अभियानका प्रारम्भकर्ता हुन् सुनसरीका देवीप्रसाद रेग्मी । जसले, एमाले अध्यक्ष झलनाथ खनाललाई गत माघमा इटहरीमा सार्वजनिकस्थलमा थप्पड हानेका थिए । तर, नेता कुटेकोमा रेग्मीलाई अहिलेसम्म पछुतो लागेको रहनेछ । शुक्रबार भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डमाथि देवीप्रसादकै शैलीमा हातपात भएपछि अनलाइनखबर ले रेग्मीलाई प्रश्न गर्‍यो- ‘एमाले नेता खनालमाथि हातपात गरेकोमा तपाईलाई अहिले पछुतो लागेको छ कि छैन ?’ रेग्मीले जोसिंदै भने, ‘किन पछुतो लाग्ने ? मलाई त गर्व लागेको छ, अब यी नेतालाई संसद भवन -?) अगाडि खाडल खनेर जिउँदै हाल्नुपर्छ, अनिमात्रै यिनीहरुसहमतिमा आउँछन् ।’ आफ्नै पथ पछ्याउँदै प्रचण्ड पिटिएपछि रेग्मी भन्छन्- मैले पहिले हात उठाएँ, तर सबैले एउटै पेशा गर्न मिल्दैन ।’ अहिले के गर्दै हुनुहुन्छ ? –खेती किसान गर्ने मान्छे, धान काट्ने र थन्क्याउने काम गरिँदैछ सर । तपाईले झलनाथ खनाललाई पिट्दा लागेको मुद्दा अझै बाँकी छ कि सिद्धियो ? –छैन, त्यतिखेरै समाप्त भैहाल्यो नि । ५ दिन थुनामा बसियो अनि तारेखचाँहि ४/५ महिनाधाइयो । तपाईले नेता खनालसित माफी मागेपछि छुट्नुभएको होइन ? –मैले माफी माग्ने कारणै छैन । मैले किन माफी माग्ने ? हल्ला त उनीहरुले जे पनि गर्छन् नि, नेताहरुको बोलीको ठेगानै छैन । अहिले बोलेको कुरो अहिले हामीले गरेको होइन भन्छन् । तपाईले किन त्यसरी नेतालाई थप्पड हान्नुभएको ? –मैले भलनाथलाई शिक्षाको रुपमा दिएको हुँ । वहाँ जतिबेलासम्म राजनीतिक पेशामा रहनुहुन्छ, त्यतिबेलासम्म नयाँ सोचविचार आओस् भनेर हानेको हुँ । नेताहरु हिँडेको बाटो साह्रै अप्ठ्यारोछ क्या ! उनीहरुलाई राक्षसले पनिआक्रमण गर्न सक्छन् । त्यही भएर सही बाटो हिड्नु है भनेर मैले शिक्षा दिएको हो । माओवादीका कुरा सुनेर तपाईले पिट्नुभएको होइन ? –भन्नलाई त जे भने पनि हुन्छ तर, मेरो विचार र सिद्धान्त त्यही (एमाले) नै हो । अहिले म एमालेका लागि विरोधी भएको छु, तर म एउटा स्वच्छ विचारधाराको व्यक्ति होर मैले ३ करोड जनताको हितका लागिक्रान्ति गरेको हो । खनाललाई पिटेकोमा म अहिले गर्व गरिरहेको छु । पहिले १० वर्षसम्म मुढाले झिंजा डढायो, अहिले झिँजाले मुढा डढाउन थालेको छ, त्यसैले म गर्वमा छु । तपाईले नेता पिट्न थालेपछि झक्कुप्रसाद सुवेदी, सुसील कोइराला र प्रचण्डले पनि पिटाइ खाए नि ? –चुटाइ भनेर घाइते नै पार्न खोजेको होइन । तपाईहरु सुध्रनोस् भनेरै यस्ता घटनाहरुदोहोरिएका हुन् । तर, अब जति गर्दा पनि भएन त्यसैले अब म के भन्छु भने मैले शुरुमा हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन । अहिले तेस्रो घटना भैसक्यो । अब यस्तो गर्नुभन्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हामी जनता जाग्नुपर्छ र संसद भवनअगाडि ६ सय १ जनालाई अट्नेखालको खाल्टो खनेर वहाँहरुलाई जिवितै सर्लक्कै हाल्नुपर्छ । त्यहाँबाट वार्ता मिल्छ कि ? सदनबाट त वार्ता मिलेन । अब सबैले यतातिर सोचिदिए हुन्थ्योभन्ने मलाई लागेको छ । अब प्रचण्डलाई के सल्लाह दिनुहुन्छ ? पिट्ने मान्छेलाई आफूलाईजस्तै ५ दिन थुनेर छाडिदिनु भन्नुहुन्छ कि ? –छाड्दिँन भनेर हुन्छ र ? उनीहरुले आफ्नो पालामा जनतालाईमाफी दिएका छन् त ? जनतालाई त जबरजस्ती लगेर गोली हानेका छन् नि । जनतामा अहिले त्यो ताजा घाउछँदैछ । उनीहरुले दुनियाँका छोराछोरीलाई ड्याङ कि ड्याङ गोली हानेर मार्दा उनीहरुले चाँहि जनताले माफी दिनु पर्ने, अनि जनताले चाँहि गलत बाटो नहिँड है, सचेत होऊ भनेर यसो छुँदा पनि माफी नदिने ? यस्तो व्यक्तिलाई कारवाही गरियो भने भोलि यसले कुन रुप लिन्छ भन्ने कुरो नेताहरुले सोच्न जरुरी छ । यसरी नेतालाई सार्वजनिक ठाउँमाथप्पड हान्नु जंगली तरिका भएन र? –ठीकै छ सर, यसबारेमा म कामरेड प्रचण्ड, झलनाथ खनाल वा जुनसुकै ठूला नेतासित मैले फोनमार्फत् बोल्नुपर्‍यो भने म जवाफ दिन्छु । एक किसिमले म आफ्नो ज्यान त्यागेको व्यक्ति हुँ । तीन करोड जनताका अगाडि मलाई मेरो ज्यानको कुनै पर्वाह छैन । अझै केही भन्नु छ कि ? –सरलाई धेरै-धेरै धन्यवाद । देश र जनताले सुख पाउन्, सबैले शान्तिसँग हिँड्न पाउन् । सबै हामी नेपाली दाजुभाइ एकै हौं, हातेमालो गरेर अघि बढौं । यही नैमेरो चाहना हो ।

No comments:

Post a Comment