Thursday, November 8, 2012

उपेन्द्रको लगानीमा प्रचण्डपुत्र सुटुक्क रसियातिर

टाउको दुख्ने समस्या-माइग्रेन)को उपचार गर्न उपेन्द्रकै लगानी प्रकाश
रसिया पुगेर फर्किएका छन् । एककल फोनका भरमा सगरमाथा आरोहणका लागि ७० लाख
रुपैयाँ चन्दा दिएका उपेन्द्रले उनलाई रसिया घुमाउने र उपचार गराउने
चाँजोपाँजो मिलाएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
भारतीय बाटो हुँदै उनी रसिया पुगेका फर्केका हुन् ।
उनलाई रसिया पठाउने बिषयमा प्रचण्ड र उपेन्द्रवीच छलफल भइरहँदा प्रकाश
भने हप्तौंसम्म काठमाण्डौ चक्रपथभित्रै पार्टी समर्थकको घरमा बसेका थिए ।
हप्तौं त्यहाँबस्दा उनले सितिमिति रक्सी पिएनन, बरु आफुले खाएको भाँडा
आफै माझे, घर सफा गरे, तर घरबाट बाहिर निस्किएर उत्तिसारो हिडेनन् ।
हिड्नै परेपनि मास्क लगाएर स्कुटीमा हिडेका थिए । तर उनले फेसबुक
स्टाटसमा भने निरन्तर भारतमा रहेको, एक डिपार्टमेन्ट स्टोरमा काम गर्दै
गरेको लेखिरहे ।
प्रकाशपत्नी सिर्जना भने अहिले सासु ससुरासँगै बसेर डिग्री भर्ना हुने
तयारी गरिरहेकी छिन् ।
source' OnlineKhabar.com

No comments:

Post a Comment