Wednesday, October 10, 2012

फाइनल प्रवेशका लागी मलेसियालाई पाखा लगाउन नेपाल तयार !

२४ असोज, काठमाडौ । युएईमा जारी एसीसी इलाइट कप क्रिकेट प्रतियोगितामा
नेपालले आज मलेसियाको सामना गर्दै छ । आझको खैलमा जित हात पारे नेपालले
एसीसी इलाइट कप क्रिकेटको फाइनलमा प्रवेश गर्नेछ । नेपाल आज उच्च मनोबलका
साथ उत्रने छ । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको र
मलेसियालाई यसअघिका दुई सेमिफाइनल खेलमा पराजित गरेको कारण पनिनेपाल उच्च
मनोबलका साथ मैदान उत्रने छ ।
नेपालले जारी प्रतियोगिताको समूह चरणको खेलमा निकै शानदार प्रदर्शन गरेको
छ । नेपालले कमजोर भनिँदै आएको ब्याटिङलाई निकै सुधारेको ती खेलहरूमा
प्रष्टै देख्नसकिन्छ । नेपालले समूह चरणमा कुवेतसँग पराजय बेहोरेको थीयो
भने अन्य तीन टोली युएई, हङकङ र साउदी अरेबियामाथी शानदार जित दर्ता
गरेको थियो ।
समूह 'बी' बाट नेपाल र युएई सेमिफाइनल पुगेका हुन्। नेपाल र युएई दुवैले
४ मध्ये ३ खेल जिते । नेट रनरेटमायुएई अगाडि भए पनि हेड टु हेडका आधारमा
नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्यो । समूह 'ए' मा अफगानिस्तान
विजेता र मलेसिया उपविजेता बनेका थिए ।अफगानिस्तान र आयोजक युएईबीच अर्को
सेमिफाइनल हुनेछ।
नेपालले मलेसियासँग यसअघि दुईपटक सेमिफाइनलमा खेलिसकेको छ । नेपालले ती
दुवै खेलहरूमा मलेसियालाईपराजित गरेको थियो । नेपालले मलेसियामा भएको
विश्व क्रिकेट लिग डिभीजन ४ को उपाधी जित्दा मलेसियालाई १० विकेटले
पराजित गरेको थियो । उक्त खेलमा नेपालका तर्फबाट शक्ति गौचनले विश्व
किर्तिमानीधारी बलिङ गरेका थिए । उनले १० ओभरमा ८ ओभर मेडन राख्दै २ रन
मात्र दिएर ३ विकेट लिएका थिए । आझको खेलमा पनि नेपालबाट यस्तै खेलको
अपेक्षा गरिएको छ ।
नेपाललाई मलेसियाबाट एकमात्र खतरा भनेको रोय डायस जो नेपाली पूर्व
प्रशिक्षक हुन् उनी हुन सक्छन् तर डिभिजन ४ को प्रतियोगिताबाट उनी त्यति
घातक हुनेमा भने त्यति डर मान्नु पर्ने देखिदैन । रोय डायस अहिले
मलेसियाका प्रशिक्षक रहेका छन् ।
यस हिसाबले पनि आजको खेलमा मलेसियामाथी नेपाल हावी हुने छ र फाइनल यात्रा
तय गर्नेछ । सायद नेपालले फाइनलमा भने अफगानिस्तानसँग प्रतिष्पर्धा गर्ने
अवसर पाउने छ जुन नेपालका लागी अर्को ठूलो परिक्षा हुनेछ ।
केही नेपाली खेलाडीहरू विदेशमा गएर खेल्न पाएका कारण पनि अहिले नेपाली
टोलीमा केहि परिवर्तन आएको छ साथै सुधार पनि । विषेशगरी कमजोर मानिएको
ब्याटिङ सुध्रिएको देखिएको छ विगतका केहि खेलहरुमा । नेपालले पछिल्ला १२
खेलमा मात्र १ खेलमा पराजित हुनु पनि यसको एउटा उदाहरण हो ।
Comments:

No comments:

Post a Comment