Tuesday, October 9, 2012

अस्पतालका कर्मचारी दिउँसै रक्सीले टिल्ल

असोज, काठमाण्डौं । अस्पतालको वातावरण आफैमा स्वस्थ हुनुपर्छ, त्यस्ता
ठाउँमा स्वास्थ्यलाई असर गर्ने कुनै पनि बस्तु भित्र्याउन हुँदैन । तर,
अस्पतालकै कर्मचारी दिउँसै रक्सीले टिल्ल भएर आउँछन् भने त्यहाँको
वातावरण कस्तो होला ? हो, अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा
रोग अस्पतालको हालत त्यस्तै छ । उक्त अस्पतालका जिम्मेवार व्यक्ति
देशविदेशका गोष्ठी र सेमिनारमा हिडेपछि कर्मचारी मदिरा सेवन गरी तमासा
देखाउन थालेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. इन्द्रप्रसाद
प्रजापति दुई साता लामो भ्रमणका लागि असोज १५ गते इटालीतर्फ गएका छने भने
निमिक्त निर्देशकको जिम्मेवारी पाएका डा. अर्जुन पन्थ पनि सोमबारदेखि २८
गतेसम्म राजधानीमा चल्ने एचआईभी/एड्स सम्बन्धी क्लिनिकल म्यानेजमेन्ट
तालिममा भाग लिन ग्रान्ड होटलतिर लागेका छन् । यही मौका छोपेर अस्पतालका
सहायक स्तरका कर्मचारी दिउँसै रक्सीले टिल्ल हुने गरेका खबर अन्नपूर्ण
पोष्ट दैनिकले छापेको छ । सोमबार दिउँसो अस्पतालमा पुग्दा मेट्रोन गीता
गुरुङबाहेक सवैजसो जिम्मेवार अधिकारीका कार्यकक्ष खाली थिए । अस्पतालका
सहायक स्तरका कर्मचारी कृष्ण खत्री र दिलीप पौडेलले मदिरा पिएर अशोभनीय
व्यवहार प्रर्दशन गर्दासमेत कारबाही गर्ने कोही छैन् । गत शुक्रबार दशैं
पेस्की पाएपछि उनीहरु मदिरा पिएर टिल्ल भएर कार्यालय आउने गरेका छन् ।

No comments:

Post a Comment