असोज, काठमाण्डौं । एक ५६ बर्षकी गृहिणी हरेक विहान साढे नौ बजे झोला
बोकेर घरबाट निस्किन्छिन् । उनलाई नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यकी
पत्नी भनेर चिन्नेहरुले ठान्लान् पार्टी कामको चटारोमा दौडिएकी होलिन् ।
तर, यतिबेला उनी हान्निदै हुन्छिन् स्कूलतिर । आमगृहिणी एवं
नेता-पत्नीहरुको भन्दा विल्कुलै फरक जीवनशैली छ सुष्मा पोखरेलको । उनी
गृहिणी मात्रै नभएर एक स्कुले विद्यार्थी पनि हुन् । घर व्यवहार र
पढाइलाई सँगसँगै अगाडी बढाउन सजिलो छैन् । 'लौ आज मिसले पिट्नु हुने भो,
होमवर्क नै सकेको छैन् । बिहान अलि सवेरै उठ्नुपर्ने रै'छ । आज घरमा अलि
धेरै भेट्न मान्छे आए, खाना, खाजा गर्दा पढ्ने समय नै पुगेन ।' घरबाट
निस्किएपछिको करिव २० मिनेट हिँडाइएमा उनको मनमा यस्तै तर्कना खेलिरहेका
हुन्छन् । उमेरले गुरुआमाभन्दा जेठी सुष्मालाई विद्यार्थी बनेर नातिनी
उमेरका नानीहरुकै लहरमा मिसिन कुनै संकोच लाग्दैन् । उनी पढ्ने
गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालय मुल सडकबाट देब्रेतर्फ करिब २
सय मिटर भित्री बाटो छ । टिनको छानो भएको एउटा कोठामा १३/१४ बर्षका १०/१२
जना छात्रा हुन्छन् । यो हो कक्षा सात । सुष्माको सिटचाँही देव्रेतिरको
अघिल्लो बेन्च रहेछ । कक्षाकोठामा पुग्नासाथ झालामा मिलाएर राखेको किताब
कापी अनि कलम निकाल्छिन् । पावरदार चस्मा आँखामा भिर्छिन् । आडैकी किशोरी
साथीलाई कानमा सुटुक्क सोध्छिन्, आजको पाठ कुन रे ' पाको भइसकेको दिमागले
सायद सजिलै सम्झदैन् सौर्य दैनिकमा खबर छ ।
No comments:
Post a Comment