Tuesday, October 9, 2012

चालकले नियन्त्रण गुमाउँदा १९ प्रहरीको मृत्यु

२३ असोज, एजेन्सी (काइरो) । इजिप्टको सिनाइमा प्रहरीको एक ट्रकका चालकले
नियन्त्रण गुमाउँदा १९ प्रहरीको मृत्यु भएको छ । यस क्षेत्रमा प्रहरी
इस्लामिक कट्टरपन्थीसँग सङ्घर्षमा रहेको जनाएको छ । इजरायलसँगको सीमामा
भएको उक्त दुर्घटनामा अन्य छ प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
मृतक तथा घाइते व्यक्ति गृह मन्त्रालय अन्तर्गत केन्द्रीय सुरक्षा बलसँग
सम्बन्धित रहेको प्रहरीले जनाएको छ । अर्को एक छुट्टै घटनामा एल–अरिसमा
प्रहरी तथा बन्दुकधारीबीच गोली हानाहान हुँदा एक प्रहरी तथा एक
बन्दुकधारीको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । हुलाकको
पैसा लिएर गएको गाडी लुट्ने योजनाले बन्दुकधारीले उक्त आक्रमण गरेको
सुरक्षा अधिकारीहरूले बताए ।
Comments:

No comments:

Post a Comment