Tuesday, October 9, 2012

दुई तोला सुन लुट्न पतिको हत्या, पत्‍नीलाई बनाए बेहोस

२३ असोज, धादिङ । धादिङको विकट उत्तरी भागमा रहेको तिप्लिङ गाविस-८ स्थित
एक घरमा लुटेरा समूहले लुटपाटपछि एक जनाको हत्या गरेको छ। पचास वर्षीय
धनबहादुर घलेको घरमा लुटपाटपछि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले
जनाएको छ।
आज बिहान लुटपाट गर्न आएको समूहले घरमा रहेको दुई तोला सुन लुटपाट गरेपछि
घले दम्पतीमाथि आक्रमण गरेको थियो।
आक्रमणका कारण धनबहादुरको घटनास्थलमै मृत्यु भयो भने उनकी श्रीमती ४८
वर्षीया मरबते बेहोस भएको अवस्थामा छिमेकीले फेला पारेको स्थानीयवासी
प्रेम तामाङले बताए।
घटनास्थलभन्दा टाढा प्रहरी कार्यालय भएकाले उद्धारका लागि प्रहरी सो
स्थानमा पुग्न समय लाग्ने र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउन
समेत स्वास्थ्यकर्मी नभएकाले गाउँमै उपचार गराउने अवस्था छैन। घाइतेको
उद्धार गरी सदरमुकाम ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले
जनाएको छ। रासस

No comments:

Post a Comment