Saturday, October 6, 2012

भारतमा उत्पादित आयुर्वेदिक औसधी खाए झन रोगी भइने !

२० असोज,काठमाडौ। भारतमा उत्पादित आयुर्वेदिक औसधीमा हानिकारक किटाणु भेटिएको छ।
औसधी विभागले गत बैशाख देखि भदौसम्म नेपाल भित्रिएका भारतिय कम्पनीका
आयुर्वेदिक औसधीको स्यामपल जम्मा गरि माइक्रोवेल टेस्ट गरेको थियो ।
परिक्षणका क्रममा १७ किसिमका आयुर्वेदिक औसधीमा किटाणू भेटिएको छ।
पेट दुखाई, पाचन प्रक्रिया, छालाजन्य रोगको उपचारमा प्रयोग हुने औषधिको
परीक्षण गरिएको औसधी विभागले जनाएको छ।टातिसाडी, सराक, पञ्चकर, त्रिफला,
लवण भास्कर लगायतका औषधिमा कीटाणु भेटिएको हो ।
यसरी किटाणू देखिएका पाँच भारतिय कम्पनीका १७ वटा आयुर्वेदिक औसधीलाई
बजारबाट हटाउन औसधी व्यवस्थापन विभागले निर्देशन दिइसकेको छ।

No comments:

Post a Comment