१९ असोज, काठमाडौ । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन
विमानस्थलमा आज साँझ करिब एक घण्टा बम आतंक मच्चिएको छ । विमानस्थलका
कर्मचारीलाई फोन गरेर एक व्यक्तिले विमानस्थलमा बम रहेको बताएपछी
विमानस्थलमा बम आतंक मच्चिएको हो ।
त्रिभूवन विमानस्थलमा बम रहेको जानकारी फोनबाट पाएपछी विमानस्थलमा रहेका
यात्रु तथा विमानमा रहेका यात्रुहरू समेत भागाभाग मच्चिएको थियो ।
विमानस्थलमा बम भएको खबर पाएपछी प्रहरी तथा सेनाको टोलीले विमानस्थल तथा
विमानमा बमको खोजी गरकेो थियो तर कतै पनि बम नभेटिएको विमानस्थलका एक
कर्मचारीले बताए ।
बम आतंकका कारण उडान भर्न लागेका केही विमानको उडान समेत प्रभावित भएको
थियो । कतार, कुबेत तथा साउदी जानका लागी तयार भएका विमानहरूले बम आतंकका
कारण करिव एक घण्टा ढिलोउडान भरेका थिए ।
sourCe Nepalih
No comments:
Post a Comment