Tuesday, October 9, 2012

गर्भबती श्रीमतीलाई कोठीमा बेच्ने श्रीमानलाई २० बर्ष जेल

असोज, मकवानपुर । गर्भबती श्रीमतीलाई भारतको मुम्बईको कोठीमा बेचेको
अभियोगमा जिल्ला अदालत मकवानपुरले पीडीतका श्रीमानलाई २० बर्ष जेल सजाय
सुनाएको छ । जिल्ला अदालत मकवानपुरका न्यायधीश टेक नारायण कुँवरको
इजलासले पाँच महीनाकी गर्भबती श्रीमतीलाई बम्र्बइमा लगेर बेचेको अभियोगमा
पीडीतका श्रीमानसहित ३ जनालाई २० बर्ष कैद र जनही दुई दुई लाख रुपैयाँ
जरिवानाको फैसला सुनाएको हो । २० वर्ष कैद सजाय पाउनेमा पीडीत महीलाका
श्रीमान् मकवानपुर मनहरी गाबिस-३ का ३८ बर्षीय राजु भन्ने सिताराम थिङ,
पदमपोखरी गाबिस-१ का ५४ बर्षीय श्यामबहादुर बोम्जन र पदमपोखरी-४ का ५३
बर्षीय सत्य भन्ने शशीकुमार तितुङ छन् । अदालतले नेपालमा नै न्यायिक
क्षेत्रमा पहिलो पटक राज्यको पुनःस्थापना कोषबाट ३ जना पीडकको जरीवानाको
५० प्रतिशत वा एक लाख रुपैयाका दरले जम्मा तीन लाख रुपैया क्षतिपूर्ति
पीडीतलाई भराईदिन भनेको छ । २०४६ साल भदौ महीनामा श्रीमान सहीत अन्य
दुईजना मीलेर पीडीत महीलालाई ५० हजार रुपैयामा भारतको बम्बईमा बिक्री
गरेका थिए । १५ बर्ष सम्म बम्बईमा बेश्याबृत्ति गर्न बाध्य भएकी महीला
२०६८
साल चैत २१ गते नेपाल फर्किएर गत बैशाख १२ गते उनिहरु बिरुद्ध प्रहरीमा
उजुरी दिएकी थिइन् । बम्बईपुगेपछि उनिले छोरा समेत जन्माएकी थिईन ।
बम्बईमा बेस्याबृत्तिमा लगाईएकै कारण एचआईभी संक्रमित भएकी थिइन ।

No comments:

Post a Comment