Tuesday, October 9, 2012

वैद्य कार्यकर्ताले खायो सरकारी डन्डा

२३ असोज, काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका नेकपा-
माओवादीका कार्यकर्तालाई प्रहरीले ब्यापक लाठी चार्ज गरेका छन् । लाठी
चार्जबाट एक दर्जन भन्दा बढी घाइते घाइते भएको प्रहरीले जनाएको छ ।
राज्यद्वारा वेपत्ता योद्धा परिवारका अध्यक्ष एकराज भण्डारीले सरकारले
निर्ममरुपमा प्रहार गर्दा १४ जना घाइते भएको बताए।
बालुवाटारस्थित प्रधानमन्त्री निवास बाहिर बसिरहेका माओवादीका
कार्यकर्तालाई प्रहरीले त्यहाँबाट हटाउने क्रममा झडप भएको थियो । यसैबीच
एकीकृत वेपत्ता परिवार समाजले बस्नेतको बढुवाको बिरोधमा प्रधानमन्त्रीलाई
ज्ञापनपत्र समेत बुझाएका छन् ।
बस्नेतलाई माओवादी द्वन्दका बेला भैरवनाथ गणबाट ४९ जना माओवादी
कार्यकर्तालाई बेपत्ता बनाएको आरोप लागएको छ ।

No comments:

Post a Comment