Tuesday, October 9, 2012

घरमा काम गर्ने युवतीको बलात्कारपछि हत्या, विरोधमा प्रदर्शन

विराटनगर, असोज २३- विराटनगर-४ गोग्राहकी २१ वर्षीया उर्मिला राजवंशीको बलात्कार
गरी हत्या गरिएको भन्दै विरोधमा आज मृतकको शवसहित विराटनगरमा विरोध प्रदर्शन
गरिएको छ।
स्थानीय कोसी अञ्चल अस्पतालबाट निस्केको जुलुसले हत्यारालाई कारबाही,
मृतकलाई न्याय गर, किरण
बस्नेतलाई कारबाही गर भन्दै नारासहितको जुलुसले नगरको मुख्यमुख्य भागको
परिक्रमा गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक
उमाप्रसाद चतुर्वेदीले
पीडितपक्षको उजुरी दर्ता नगरेको र आरोपित व्यक्तिलाई संरक्षण दिएको समेत
प्रदर्शनकारीले
आरोप लगाएका छन्। विराटनगर-४ बस्ने किरणसिंह बस्नेतको घरमा काम गरिरहेकी
२१ वर्षीया चौधरीको बलात्कार
गरी हत्या गरिएको परिवारले आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका
अनुसार विगत दुई
वर्षदेखि बस्नेतको घरमा घरेलु कामदारको रुपमा चौधरी काम गरिरहेकी थिइन्।
हिजो बस्नेतको घरमा अर्धनग्न अवस्थामा मृत फेला परेको र मृतक भेटिएको
कोठामा बलात्कारलाई
सघाउने शङ्कास्पद बस्तु फेला परेको थियो। नेपाल बजारका सञ्चालकसमेत रहेका
घरधनी बस्नेतलाई प्रहरीले हिजो नै
नियन्त्रणमा लिएको बताइएको छ। बस्नेतले चौधरीको मृत्यु भएको पाँच
घण्टापछि प्रहरीलाई खबर गरेकाले प्रहरीले
शङ्काको आधारमा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले बस्नेतका दुई नातेदारलाईसमेत
हिरासतमा लिएको छ। मृतकको हिजो कोसी अञ्चल अस्पतालमा शव परीक्षण गरिएको थियो।
रासस

No comments:

Post a Comment