Friday, October 5, 2012

नेपाल एयरलाईन्सको जहाज दुर्घटनाबाट बच्यो

पोखरा, आश्विन १९ - हिमालपारीको मुस्ताङस्थित जोमसोम बिमानस्थलबाट
पोखराकालागि उड्न लागेको नेपाल एयरलाईन्सको टि्वनअटर जहाज दुर्घटनाबाट
बचेको छ ।
बिहान ७ बजे पार्किङस्थलबाट ३ चालकदलसहित १८ यात्रु बोकेर धावनमार्गतर्फ
जाने क्रममा 'टर्न' लिदा पछाडिको एक चक्का पिच बाहिरको पानीको नालामा
पुगेको थियो । जहाज दौडिनबाट रोकिएर ढल्किन पुगेको थियो । लगत्तै जहाजलाई
रोकेर यात्री ओरालिएको थियो । सबै यात्री र जहाज सकुशल रहेका र पोखराबाट
ईन्जिनियर आएरजहाजको अवस्था हेरेपछिमात्रै उडान भर्न दिईने जोमसोम
बिमानस्थल प्रमुख शिव शर्माले टेलिफोनमा बताए ।
९ एन एबिटी जहाज क्याप्टेन वाई शेरचनले चलाएका थिए । अहिले जहाज
पार्किङस्थलमा राखिएको छ । जहाज खराब मौसमकाकारण हिजै जोमसोममा रोकिएको
थियो ।
प्रकाशित मिति: २०६९ आश्विन १९ ०८:२४
Source ekantipur.com

1 comment:

  1. यस्तै हो नेपालको जहाँज चड्ने हो भने कहिले मरिन्छ भन्न सकिन्न

    ReplyDelete