Thursday, October 4, 2012

नुहाउँदै गरेकी महिलालाई बलात्कार गर्ने प्रहरी समातिए

१८ असोज,नवलपरासी । नारायणी नदिमा नुहाउँदै गरेकी महिलालाई बलात्कार
गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय गैडाकोटले पक्राउ गरि आज
सार्वजनिक गरेको छ । गैडाकोट दुई बोटेटोल नजिकै नारायणी नदी किनारमा
नुहाईरहेकी महिलालाई एक सशस्त्र प्रहरी सहित दुइ व्यक्तले धम्क्याएर
बलात्कार गरेका थिए। उनिहरु दुवैलाई ईलाका प्रहरी कार्यालय गैडाकोटले आज
पत्रकार सममेलन मार्फत सार्वजनिक गरेको हो । सिमा सुरक्षा कार्यालय
आँपटारीमा कार्यरत शसस्त्र प्रहरी सहायक हवलदार रमेश भगत माली र
नवलपरासीको गैडाकोट दुईमा बस्ने २९ बर्षका बिष्णु शर्मालाई प्रहरीले केहि
दिनअघि करणी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । बिहानको
समयमा नारायणी नुहाउन गएकी महिलालाई बिभिन्न खालको डर त्रास देखाउँदै
नजिकैको सिशौघारीमा लगेर दुबैजनाले पालैपालो बलात्कार गरेको प्रहरीले
जनाएको छ । बलात्कृत महिलाको वारेमा प्रहरीले खेही नलुखाए पनि उनको
स्वस्थ स्थिति सामान्य रहेको बताइएको छ।
Comments:

No comments:

Post a Comment