Saturday, July 13, 2013

कतारमा पाँच नेपालीको मृत्यु

२९ असार, दोहा । कतारस्थित लुसेल सिटीमा बस पर्खिरहेका कामदाहरुलाई 'चार
पांग्रे' सवारीले ठक्कर दिँदा शुक्रबार दिउँसो पाँच नेपालीको मृत्यु भएको
छ भने एक नेपाली घाइते भएका छन् । दुर्घटनामा एक भारतीय नागरिकको पनि
ज्यान गएको छ ।
आफ्नो काम सकेर क्याम्प र्फकन कार्यरत कम्पनीको बस पर्खिरहेका बेला चार
पाङग्रेसवारी साधनले ठक्कर दिएको थियो । उक्त सिटीमा भव्य सुविधाजनक सहर
निर्माणाधीन छ।
मृतकको शव हमाद अस्पतालमा राखिएको छ । नेपाली दूतावासका श्रम सहचरी
इन्द्रदेव पाण्डेका अनुसार मृत्यु हुनेमा बर्दियाका पटवरी चौधरी, रौतटहको
कटहरिया ७ का विवेकानन्द शाह, महोत्तरीको गौशाला ८ का रामचन्द्र महतो,
गोर्खाका अर्जुन गौतम र बर्दियाका आशाराम थारु छन् । मृत्यु हुने सबै २०
देखि ३० बर्षका छन् । दुर्घटनामा बर्दियाका आइतबरी चौधरीको खुट्टा
भाँचिएको शनिबारकोकान्तिपुरदैनिकमा खबर छ । उनको सफल उपचार भएको छ ।
उनीहरुमध्ये तीन जनाको घटनास्थलमै र दुईको हमाद अस्पतालमा उपचारका क्रममा
मृत्यु भएको हो । गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको
प्रत्यक्षदर्शीलाई उदृत गर्दै कतारबाट प्रकाशित हुनेगल्फ टाइम्सले जनाएको
छ ।

No comments:

Post a Comment