Tuesday, October 30, 2012

मेलामा झडप हुँदा ६ जना घाईते

१३ कार्तिक, सल्यान । सल्यानको पर्यटकिय स्थल कुमाखमा कोजाग्रत
पूणिर्माका दिन लाग्दै कुमाखमा मेलामा व्यवपारी सँग चन्दा असुली गर्ने एक
समुह र ब्यापारी विच झडप भएको छ । झडपमा परी ६ जना घाईते भएकोप्रहरीले
जनाएको छ । झडपमा चन्दा असुली गर्ने सल्यान श्रीनगरका १७ वषिर्य सागर
वली, १८ वषिर्य सुनिल केसी, २२ वषिर्य सन्तोषराज कवार र ३० वर्षका भुषण
केसी रहेका छन् ।
यस्तै ब्यापारी स्यानीखाल ७ का टिकाराम वस्नेत र जीमालीका चन्द्रवहादुर
वोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाईतेको सल्यान
विभिन्न मेडिकहलमा उपचार भैरहेको छ गएराती ३ वजे तिर ती यूवाहरुले
ब्यापारीहरुलाई २५ सय देखी १० हजार सम्म चन्दा माग गर्दे नदिए चन्दा नदिए
ज्यान मार्ने धम्की सहित हातपात गरेका थिए ।
घाईते ब्यापारीहरुका अनुसार उनीहरुले महिलाहरु माथी अभद्र ब्यवहार गरेका
थिए भने ज्यान मार्ने धम्की दिएका थिए । मेला आज लाग्ने भएपनि
ब्यवापारीहरु हिजो साँझ नै मेला स्थलमा ब्यापारका लागी पुगेका थिए ।
यसैविच मेलाको सुरक्षाका लागी इन्सपेक्टरको नेतृत्वमा २५ प्रहरी परिचालन
गरिएको छ । अहिले अवस्था सामान्य भएको ईप्रकाथारमारेका इञ्चार्ज ठगवहादुर
केसीले वताऊन' भयो।
कुमाखको चुचुरोवाट सल्यानका पर्यस्थिलका साथै रुकुम, रोल्पा, जाजरकोट,
सुर्खेत, बाँके, वर्दिया ,दाङ लगायतका जिल्लाका भूभागहरु देख्न सकिन्छ ।
झण्डै २ हजार ७ सय मिटर उचाई रहेको कुमाखमा लोपोन्मूख जडिवुटि भएको समेत
बताइन्छ । कुमाख पर्यटकिय मात्र होईन धार्मिक हिसाबले समेत ऐतिहाँसिक
रहेको धमालम्वीहरुले जनाएको छ ।

No comments:

Post a Comment