२० असोज, सोलुखुम्बु । अरिङ्गालको टोकाइबाट आफ्ना दुई छोराछोरीको ज्यान
गएपछि सोलुखुम्बु सोताङकी एक महिलाले आत्महत्याको प्रयास गरेकीछिन ।
सोताङ–३ नार्केल निवासी इन्द्रबहादुर राईकी २८ वर्षीय अम्बिका राईले
आफ्नै घाँटीमा खुकुरी हानी आत्महत्या प्रयास गरेकी हुन् । घाँटीमा खुकुरी
प्रहार गरी बेहोस भएकी अम्बिकाको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा
उपचार भइरहेको छ ।
घरनजिकै खेल्दै गर्दा अरिङ्गालले टोकेर नौ वर्षीय छोरी बिनिता र पाँच
वर्षीय छोरा सुशीलको मृत्यु भएपछि बिछिप्त झै भएकी आमा अम्बिकाले
आत्महत्याको प्रयास गरेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
अरिङ्गालले टोकेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ
ल्याउने क्रममा बिनिताको र उपचारपछि घर फर्केपछि सुशीलको मृत्यु भएको
थियो । घाँटीमा चोट लागेर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेकी
अम्बिकाका श्रीमान् ईन्द्रबहादुरराई वैदेशिक रोजगारका क्रममा विदेशमा छन्
।
Comments:
No comments:
Post a Comment