२० असोज, एजेन्सि । अष्ट्रेलियको भिक्टोरिया राज्यस्थित रोमन क्याथोलिक
चर्चले आफ्ना पादरीहरुले सन् १९३० यता ६ सय भन्दा बढी बालबालिकामाथि यौन
दूव्र्यवहार गरेको तथ्यांक सार्वजनिक गरेको छ । यो रिपोर्ट
दूव्र्यवहारबारे छानबिन गरिरहेको संसदीय छानविन समितिमा बुझाइने बताईएको
छ ।
यौन दूव्र्यवहारविरुद्धका अभिनकर्ताहरुले भने तथ्यांक डरलाग्दो र
लज्जास्पद भएको बताउदै यो संख्या भिक्टोरिया शहरमा मात्रै १० हजार भन्दा
बढी रहेको दाबी गरेका छन् । चर्चले पछिल्लो ८० वर्षमा ६ सय २० वटा यौन
दूव्र्यवहारका घटना भएको र सन् १९६० देखि सन् १९८० सम्म यस्ता घटना अझे
बढेको जनाएको छ ।
अष्ट्रेलियामा पछिल्ला वर्षहरुमा चर्चका पादरीद्धारा बालबालिकामाथि यौन
दूव्र्यवहार भएका घटना चिन्ताको विषय बनेका छन् । सन् २००८ को जुलाईमा
अष्ट्रेलिया पुगेका पोप बेनेडिक्ट सोह्रौंले यौन दूव्र्यवहार पीडितहरुसँग
भेट गरी सार्वजनिक रुपमा माफी माग्नु भएको थियो ।
Comments:
No comments:
Post a Comment