Saturday, October 6, 2012

राजमार्गका होटलको खानामामूल्य तोकियो

२० असोज धादिङ । धादिङको राजमार्गमा सन्चालित होटलहरुमा बेचिने खानाको
मूल्य निर्धारण गरिएको छ ।
राजमार्गका होटलहरुले यात्रुलाई ठग्ने गरी मूल्य लिएर खाजा तथा नास्ता
विक्री गरिरहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन
समितिले मुल्य निर्धारण गरेको हो ।
संयुक्त बजार अनुगमन निर्देशका बमोजिम होटलबाट विक्री हुने खाद्य वस्तुको
अधिकतम मूल्य निर्धारण गरिएको हो । समितिका अनुसार होटलहरुले खानाको ९०
रुपैयाँ, खसीको मासु र खानाको १ सय ८० रुपैयाँ, माछा वा कुखुराको मासु र
खानाको १ सय ५० रुपैयाँ, दुध वा कफीको २० रुपैयाँ, खीरको ४० रुपैयाँ,
सुख्खा रोटी एक ओटाको १० रुपैयाँ र अमलेटको २० रुपैयाँ मात्रै लिन पाउने
भएका छन् ।
चाडवाडका समयमा यात्रुहरु ठगिन नपाउन र धेरै यात्रुले मूल्य सूचि हेरेर
खानेकुराहरु खान पाउन भनेर अधिकतम मूल्य तोकिएको सहायक प्रमुख जिल्ला
अधिकारी पुष्प पौडेलले बताए ।
बढी मूल्य लिएको जानाकारी आएमा होटलसञ्चाकहरुलाई तत्कालै कारबाही गरिने
व्यवस्था मिलाइएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
Comments:

No comments:

Post a Comment