Thursday, October 4, 2012

५ हजारमा छोरा बेचेर आमाले मोबाइल किनिन्

असोज, काठमाडौं । भारतको उडिसास्थित जाजपुर जिल्लामा राक्षी नाम गरेकी एक
महिलाले आफ्नो डेढ वषर्ीय छोरालाई ५ हजार भारुमा बचेर मोबाइल किनेकी छिन्
। उनले छोरो बेचेर आएको ५ हजारमध्ये १४ सयको एक मोबाइल फोन, ११ सयमा दुई
जिन्ससहितका कपडा र ५ सय रुपैयाँ वकिललाई दिएका छन् । जेलमा रहेका
श्रीमानलाई छाटाउन उनले वकिललाई पैसा दिएका हुन् । स्थानीय सञ्चार
माध्यमहरुले जनाए अनुसार शुक्रबार उडिशा हाइकोर्टले आफ्नोतर्फबाट एक
पीआईइएल दर्ता गर्दै बच्चा खोज्न आमालाई बुझाउन जजापुर अदालतलाई आदेश
दिएको थियो । अदालतको आदेश अनुसार प्रहरीले बच्चलाई कटक जिल्लाको नुआवटना
गाउँका बाबुला बेहेराको घरमा भेट्टाएको थियो । बेचिएको बच्चालाई लिएर
जाँदा राक्षीले लिन अस्वीकार गरेको जाजपुरका एसपी दीपककुमारले बीबीसीको
हिन्दी शंस्करणलाई भनेका छन् । त्यसपछि बच्चालाई हाल बा कल्याण समितिको
जिम्मा लगाइएको छ । समितिले भने बच्चालाई उनको दाई दिदीलाई बुझाएको
समाचारमा उल्लेख छ । आफ्नै सन्तान बेच्ने राक्षीविरुद्ध प्रहरीले मुद्धा
चलाएको छ । तर, अहिलेसम्म कुनै कारबाही भएको छैन । घटनापछि परिबारले भने
राक्षीलाई आफूसँग राख्न अस्वीकार गरेका छन् ।–एजेन्सीको सहयोगमा

No comments:

Post a Comment