Wednesday, October 31, 2012

स्याण्डीको बेगले ४० को मत्यु, अरबौंको क्षति(फोटो फिचर)

१५ कात्तिक, काठमाण्डौ । समुद्री आँधी स्याण्डीका कारण अमेरिकामा
अहिलेसम्म करिव ४० जनाको ज्यान गएको छ भने अरबौं डलर बराबरको क्षति भएको
छ ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार मुख्य ब्यापारिक सहर
न्यूयोर्कमै करिव १८ जनाको ज्यान गएको छ । अमेरिकाबाट क्यानडातिर १ सय ३०
किलोमिटर प्रतिघण्टाका दरले अघि बढिरहेको स्याण्डीका कारण पूर्वी
क्षेत्रका दर्जनौ शहर जलमग्न भएको, बिजुली आपूर्ति बन्द भएको र रुख तथा
घरहरु ढलेर ठूलो क्षति भएको बताइएको छ । ती क्षेत्रमा सर्वजनिक यातायात
बन्द छन भने दैनिक जीवन कष्टकर भएको छ ।
अमेरिकाको केन्द्रीय मौसम बिभागले करिव १४ फिट अग्लो छाल न्यूर्याकमा
आएको बताएको छ । न्यूयोर्कबाट न्यूजर्सी जोड्ने रेल सेवा अझै १० दिन
अबरुद्ध हुने बताइएको छ ।
तुफानबाट करिव ५ करोड अमेरिकी प्रभावित हुने र करिव एक लाख मानिस आफ्नो
घर छाडेर सरकारी शिविरमा आश्रय लिएर बस्नुपरेकोबताइएको छ । तुफानका कारण
करिव ८० लाख घरमा बिजुली आपूर्ति बन्द भएको अमेरिकी उर्जा बिभागले जनाएको

sour OnlineKhabar.com
more photos
http://www.onlinekhabar.com/2012/10/31/8060.html

No comments:

Post a Comment