Saturday, September 22, 2012

दशैका लागी घर फर्कन लागेका ६ नेपाली लुटिए

६ असोज, नेपालगञ्ज । रोजगारीका लागि भारत गएका छ जना नेपाली स्वदेश
फर्कने क्रममा भारतको रूपैडिहा क्षेत्रमा लुटिएका छन् ।
भारतको जयपुरबाट युपी ८५ यु ९६३९ नं को बसबाट नेपाल फर्कने क्रममा
दैलेखका धमेन्द्र शाही, मिलन शाही, सुर्खेतका भरत सोनी र जाजरकोटका विराज
विक रहेका छन्। लुटिने अन्य दुईजनाको भने नाम, ठेगाना खुल्न सकेको छैन ।
अपरिचित व्यक्तिले चिसो पेय पदार्थमा बेहोस बनाउने नशालु औषधि मिसाएर
सेवन गराई उनीहरूसँग रहेको करिब रु दुई लाख र चार थान मोबाइल लुटिएको
प्रहरीले जनाएको छ ।
चाँडपर्व सुरु भएपछि भारतबाट नेपाल फर्कने क्रममा प्रत्येक वर्ष थुप्रै
नेपाली भारतीय सीमा क्षेत्रमा लुटिने गरेता पनि त्यसतर्फ भारतीय र नेपाली
सुरक्षा अधिकारीले खासै चाँसो राखेको पाइँदैन । रासस

No comments:

Post a Comment