Saturday, September 22, 2012

देश बिग्रेकोमा चिन्ता लाग्यो - पूर्वराजा

गोकुल बानियाँ, पोखरा, ६ असोज । पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुक
बिग्रेकोमा आफुलाई चिन्ता लागेको बताएका छन् ।
धौलागिरी अञ्चलको बाग्लुङ्ग कालिका मन्दिरको दर्शन पछि पत्रकारसँग
संक्षिप्त कुरा गर्दै उनले मुलुकको वर्तमान अवस्थाबाट आफू अत्यन्त
चिन्तित बनेको बताए । आफ्नो पश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भएको उनले
स्पष्ट पारे । कतिपय दलहरुले भ्रमण विथोल्ने तयारी गरिरहेको बेला
पुर्वराजाको यस्तो अभिब्यक्ति आएको हो ।
मुलुकको बिग्रदो स्थितिप्रति पत्रकारहरु पनि चिन्तित रहेको शाहले बताए ।
बाग्लुङ कालिका मन्दिरमा दर्श गर्न पाउदा निकै खुसी लागेको बताउदै उनले
नागरिकले आफूप्रति देखाएको सद्भाव प्रति धन्यबाद ज्ञापन गरे ।
पश्चिमाञ्चलको धार्मिक भ्रमणमा निस्किएका पूर्व राजा शाहले शनिबार
बाग्लुङको कालिका मन्दिर र पर्वतको गायत्री मन्दिरको दर्शन गरे ।
साताब्यापी भ्रमणका लागि बिहिबार पोखरा आएका उनी पोखरा–बाग्लुङ
राजमार्गमा आफै गाडी हुईकाउदै बाग्लुङ पुगेका थिए । पोखराबाट बाग्लुङसम्म
जाने क्रममा उनलाई कास्कीको हेम्जा, नौडाँडा, नयाँपुल, पर्वतको डिमुवा,
पातिचौर, धौलागिरी गेट, कुस्मा बजार र बाग्लुङका सर्वसाधारणले
बाजागाजासहित स्वागत गरेका थिए ।
सडकमा लामबद्ध भएर बसेका उनीहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद
लगायतका नाराबाजीसमेत गरेका थिए । बिरोधका कारण हिजोको म्याग्दी भ्रमण
स्थगित भएपछि त्यहा रहेका उहाका समर्थकहरु बाग्लुङमै पुगेर भेटेका थिए ।
बाग्लुङ्गमा पूर्वराजा ज्ञानेन्द्रले आफू समर्थकहरुलाई भेटघाट गरेका थिए
। भेटघाटका क्रममा अधिकांशले राजसंस्था क्रियाशील नहुँदा आफूहरुले दुःख
पाएको, देशमा महँगी र राजनीतिक अस्थिरता बढेको भन्दै गुनासो गरेपनि उनले
भने उनीहरुको कुरा मात्र सुने तर कुनै प्रतिक्रिया जनाएनन् । शाह शनिबार
साँझ नै पोखरा फर्केर फिस्टेल लजमा बसेका छन् ।
भ्रमण तालिकाअनुसार उनले आईतवार स्याङजाको गुणिखोलास्थित धनुशेश्वर
महादेवको दर्शन गर्नुका साथै स्थानीय नागरिकसँग भेटघाट गरी पोखरा फर्किने
रसोमबार तनहँुको दमौलीमा पञ्चमन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।
स्याङजामा माओवादी निकटका भातृसंगठनले बिहान ६ देखि १२ बजेसम्म बन्द
आहवान गरेकोले १ बजेपछिमात्र उनी भ्रमणमा जाने विशेष स्रोतले जनाएको छ ।
असोज ८ गते तनहुको पत्तचमन्दिरको दर्शन गर्नुहुने शाहले असोज ९ गते भने
पोखराको प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिर दर्शनको लागि
नालाकोमुखदेखिकरिब १५ मिनेट पैदलयात्राका साथ मन्दिर पुग्ने कार्यक्रम छ

असोज ११ गते काठमाण्डौ फर्किनुअघि उनले १० गते पोखरा स्थित बौद्ध
मन्दिरहरुको दर्शन र साँझ संचारकर्मीसंग कुराकानी गर्ने बताईएको छ ।
धार्मिक भ्रमणको नाममा पूर्ब राजा शाह सक्रिय हुन खोजेको भन्दै राजनीतिक
दलहरुले बिरोध जनाएपछि उहाँको भ्रमण बिबादित बन्दै आएको छ ।
Comments:

No comments:

Post a Comment