Friday, August 31, 2012

प्रतिकेजी ५५ रुपैयाँ महँगिएको कुखुराको मासु मूल्य अझै बढ्ने

काठमाडौँ, भदौ १५- मकै र भटमासको उत्पादनमा ५० प्रतिशत गिरावट आएका कारण
ब्रोइलर कुखुराको मासुको मूल्य अझै बढ्न सक्ने देखिएको छ। कुखुराले खाने
दानामा प्रयोग हुने मकै र भटमास चर्को मूल्यमा भारतबाट आयात गर्नुपर्ने
बाध्यताले नेपालमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्ने गरेको दाना
उत्पादक सङ्घका अध्यक्ष तिलचन्द्र भट्टराईले बताए।
दानाको मूल्य अत्यधिक बढेका कारण कुखुरापालक कृषकको आकर्षण मन्द गतिमा
घटिरहेकाले बजारमा पर्याप्त कुखुरा नपाइएकाले समेत मासुको
मूल्यमाबढोत्तरी भएको उनले स्वीकारे।
गत साउन महिनामा प्रतिकेजी रु २५० मा बिक्री हुँदैआएको ब्रोइलर कुखुराको
मासुको खुद्रा मूल्य रु ५० देखि रु ५५ बढ्न गई हाल ३१० देखि ३१५ माबिक्री
वितरण भइरहेको छ। नेपालमा काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक
जिल्लामा दैनिक दुई लाख ५० हजार केजी मासु खपत हुने गरेको छ भने काठमाडौँ
उपत्यकाबाहिर दैनिक एक लाख केजी मासु खपत हुने गर्छ।
दानाको मूल्यमा आकस्मिक मूल्य वृद्धि भएकै कारण मासुको उपभोक्ता मूल्य
बढाउन बाध्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष
जङ्गबहादुर बिसीले जानकारी दिए। गत सातादेखि नै बजारमा ब्रोइलर कुखुराको
मासु प्रतिकेजी खुद्रा रु ३१० देखि ३१५ सम्म बिक्रीवितरण गर्ने प्रबन्ध
मिलाइएको अध्यक्ष बिसीले बताए।
किसानले भने जिउँदो कुखुरा प्रतिकेजी रु १८५ देखि १९५ सम्ममा बिक्री
गर्दैआएका छन्। उत्पादनमा सबैभन्दा धेरै मर्का किसानलाई परेको अध्यक्ष
बिसीले उल्लेख गरे। स्वदेशमै उत्पादन हुनसक्ने मकै र भटमासमा समेत नेपाल
आत्मनिर्भर हुने सकेको छैन भने अन्य अधिकांश कच्चा पदार्थ भारतबाट आयात
गर्नुपर्ने बाध्यताले नेपाली बजारमा कुखुराको मासुको मूल्य बढ्न गएको
बताइन्छ। दाना उद्योगी व्यवसायीले भटमासको पिनामा भने प्रतिकेजी रु ५०
बढी तिर्नुपर्ने भएको छ। आजभन्दा चार महिनाअघि दाना व्यवसायीले सोही
पिनाको मूल्य भने रु ३५ मा खरिद गर्दैआएका थिए।
दाना उत्पादन गर्न आवश्यक पर्ने मकै, भटमासको पिना, हड्डी र माछाको
सिद्रा भारतबाटै आयात गर्नुपर्ने नेपाली उद्यमीको बाध्यता भएकाले दानाको
मूल्यमा उतारचढाब आइरहने बताइन्छ। कुनै बेला कुखुरापालनमा निकै हौसिएका र
प्रशस्त लाभ बटुलिसकेका किसान दानाको मूल्यमा भारी वृद्धिकाकारण
व्यवसायबाट अलग भई गाईपालनतर्फ आकर्षित हुन थालेको पाइन्छ। कुखुरा पाल्न
थालेको दिनदेखि नै तनाब बेहोर्नुपरेका कारण आफू गाईपालन गर्ने सोचमा
पुगेको हरि दाहालले बताउनुभयो। कुखुरा पाल्दा चल्ला मर्ने, दाना महँगो
हुने, मासुको मूल्य भने जति नपाइने र बेलाबखतमा बर्डफ्लुको हल्लाले सस्तो
मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने भएकाले कुखुरा पाल्नेसोच हराएको छ-उनले
थपे।
नेपालमा सबै प्रकारका कुखुराका लागि दैनिक एक हजार ५०० टन दाना खपत हुने
गर्छ तर सोही दाना आजभन्दा चार महिना पहिले दुई हजार २०० टन उत्पादन हुने
गर्थ्यो। रासस

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete